सर्वसाधारण लगानीकर्तासँग ८ करोड कित्ता सेयर रहेको नेपाल इन्फ्रस्ट्रक्चर बैंक (निफ्रा) को नाफा ८ प्रतिशतले बढेको छ। पुर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले खुलेको बैंकले गत आर्थिक बर्ष ६५ करोड ८५ लाख रुपैयाँ नाफा गरेको हो । यो नियामकीय प्रावधानहरु पुरा गरेपछि भएको नाफा हो ।
बैंकको त्यसअघिको नाफा ८३ करोड ६४ लाख रुपैयाँ छ। यद्यपी यो पोहोरको भन्दा १.२६ प्रतिशतले कम हो। बैंकले यसपाली नियामकीय प्रावधान अनुसार केही रकम सुरक्षा लागि राखेको छ। ऋणको जोखिम सुरक्षाका लागि १७ करोड ७८ लाख रुपैयाँ राखेको छ। यो अघिल्लो बर्षको भन्दा २५ प्रतिशतले कमै हो।
बैंकले बिस्तारै परियोजनाहरुमा लगानी बढाउँदै लगेको देखिन्छ। बैंकले अघिल्लो बर्षको तुलनामा करिव ३०० प्रतिशतले लगानी बिस्तार गरेको छ। बैंकले अघिल्लो बर्ष ५७ करोड ४३ लाख रुपैयाँ लगानी गरेकोमा गत आर्थिक बर्ष २ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ।
बैंकले खुद ब्याज आम्दानी ८.३५ प्रतिशतले बढाएको छ। खुद ब्याज आम्दानि एक अर्ब ३३ करोड रुपैयाँ भएको छ।
बैंकको गत आर्थिक बर्ष कुल ६५ कारोबार दिन सेयर किनबेच भएको छ। यसमध्ये सर्वाधिक मूल्य ६२३ रुपैयाँसम्म पुगेको थियो। बैंकको पुँजी उच्च भएकाले प्रति सेयर आम्दानी खासै धेरै छैन। गत बर्षको ५ रुपैयाँ ३८ पैसा छ।













































































































































































































