६ जेष्ठ २०८१, आईतवार

 

बैंकिङ इन्स्टिच्युट र कामना सेवा बैंकबीच तालिम कार्यक्रम सञ्चालनको सम्झौता

नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड र कामना सेवा विकास बैंक मिलेर तालिम कार्यक्रम सञ्चालन गर्ने भएका छन् । दुई संस्थाबीच हालै यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउनेछ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्