२१ बैशाख २०८१, शुक्रबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडाैंको अध्यक्षमा रसुमिला श्रेष्ठ चयन

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको अध्यक्षमा रसुमिला श्रेष्ठ चयन भएकी छन् । संस्थाको २९/३० औं सयुक्त वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा चयन भएकी हुन् ।

उनीसँगै उपाध्यक्षमा डा. स्वयम प्रकाश श्रेष्ठ, सचिवमा किस्मतमणि श्रेष्ठ, सह–सचिवमा दीपकचन्द्र प्रधान, कोषाध्यक्षमा रामकुमार राजभण्डारी, सदस्यमा बसन्त किशाेर श्रेष्ठ, जिद्धिराज श्रेष्ठ, निर्मला श्रेष्ठ, बालकुमार शाक्य, विश्वकुमारी श्रेष्ठ चयन भएकाे निर्वतमान अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए ।

संस्थाको साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

बागलुङ जन्मघर भइ काठमाडौंमा बसोबास तथा व्यवसायी गर्दै आएका बागलुङेहरुले २०३९ सालमा बागलुङ समाज कल्याण केन्द्रको स्थापना गरेका थिए । संस्थाले शैक्षिक, सामाजिक, धार्मिक एवम् स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

कार्याक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पूर्वअध्यक्ष सुमन शाक्य,डा पुकार श्रेष्ठ,प्रा डा सरोज प्रसाद वझा,बागलुङ समाज कल्याण केन्द्र काठमाडौ महिला समूहकी अध्यक्ष विजया राजभण्डारी,समाजको स्मारिका प्रकाशन समितिका सम्पादक मण्डलका संयोजक श्यामप्रसाद श्रेष्ठ र प्रमुख अतिथि डा रामकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।समाजको तर्फबाट सचिव डा स्वंय प्रकाश श्रेष्ठले प्रगति प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक चन्द्र प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थापक अध्यक्ष डा. रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा विराटकुमार श्रेष्ठको अध्यक्षता, सह–सचिव किस्मतमणि श्रेष्ठको स्वागत र सचिव डा. स्वयम प्रकाश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्