६ जेष्ठ २०८१, आईतवार

 

कपाल काट्दा लापरबाही गरेको भन्दै सैलुनलाई २ करोड भारु जरिवाना

भारतको एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएको भन्दै एउटा सैलुनलाई २ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ।

उक्त सैलुनले उनले भनेविपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो जसकारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ।

दिल्लीको एउटा होटेल समूहको हिस्सा रहेको उक्त सैलुनले फैसलाविरुद्ध पुनरावेदनमा जान पाउनेछ।

गलत तरिकाले कपाल काटिएकै कारण ती महिलाले ‘आफूले अपेक्षा गरेको काम गुमाएको र ठूलो घाटा बेहोरेका कारण जीवनशैली नै पूरै परिवर्तन भएकाले प्रख्यात मोडल बन्ने उनको सपना चकनाचुर भएको’ नेसनल कन्जुमर डिस्प्युट रिड्रेसल कमिसनले उल्लेख गरेको छ ।

कपाल काट्दा गरिएको लापरबाहीका कारण उनी गम्भीर मानसिक समस्या र आघातबाट गुज्रिएको कमिसनको ठहर छ ।
सन् २०१८ मा ती मोडल कपाल काट्नका लागि उक्त होटेलमा पुगेकी थिइन् ।

हेअर स्टाइलिस्टले उनले भनेभन्दा बढी कपाल काटिदिएका थिए । अदालतको काजगातअनुसार उनको कपाल जम्मा चार इन्च रहने गरी काटिएको थियो।

‘ती महिला जनसम्पर्क अधिकृत हुन् र उनले बैठक अनि अन्तरक्रियामा सहभागी हुनुपर्ने हुन्छ। तर छोटो कपालका कारण उनले आफ्नो आत्मविश्वास गुमाइन्,’ फैसलामा भनिएको छ।

साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्