६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ महिला समाजद्वारा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको अध्यक्ष श्रेष्ठलाई स्वागत

बागलुङ महिला समाज कल्याण केन्द्र बागलुङले बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौकी अध्यक्ष रसुमिला श्रेष्ठले बागलुङको महिलाहरुको नेतृत्व विकास,आर्थिक प्रगति र सामाजिक सम्मानको लागि समाजले बागलुङ महिला समाजसँग सहकार्य गर्ने बताइन् ।

महिलालाई सबै क्षेत्रको नेतृत्वमा पुर्याएर समता मुलक समाज निर्माण गर्न सबैले योगदान गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बागलुङ महिला समाज कल्याण केन्द्र बागलुङकी उपाध्यक्ष मिला राजभण्डारीले बागलुङको महिलाहरुको आर्थिक,सामाजिक, राजनैतिक अधिकार प्राप्तिको लागि महिलाहरुको व्यक्तित्व र नेतृत्व विकासमा सबै लाग्नु पर्ने बताए ।

गाउँ र शहरको गरिबीको छाँयामा परेका महिलाहरुलाई शैक्षिक,आर्थिक र सामाजिक कार्यक्रम ल्याएर बलियो बनाउनु पर्ने उनले जोड दिए ।

कार्यक्रममा नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी,बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी,
राष्टिय सुस्त मनस्थिति कल्याण संस्था बागलुङका अध्यक्ष मनमाया श्रेष्ठ, नेवा मिसा दबु बागलुङका अध्यक्ष सोमना शाक्यले पनि मन्तव्य राखेका थिए ।कार्यक्रममा शर्मिला श्रेष्ठले कविता वाचन गरेकी थिइन् ।

कार्यक्रम बागलुङ महिला समाज कल्याण केन्द्र बागलुङकी उपाध्यक्ष मिला राजभण्डारीको अध्यक्षता र बागलुङ महिला समाज कल्याण केन्द्र बागलुङकी सचिव जुनु श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले महिलाहरुलाई तालिम संचालनको लागि बागलुङ महिला समाज कल्याण केन्द्र बागलुङकी उपाध्यक्ष मिला राजभण्डारीलाई १० हजार सहयोग प्रदान गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्