नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९४४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ९ हजार ७६२ जनाको पिसिआर परीक्षण र ३ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२९७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।
अहिले सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ। यस्तै, काठमाडौं उपत्यकामा ४८१ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ गरी ४८१ जना थपिएका हुन्।













































































































































































































