५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा ३०० औँ पृथ्वीजयन्ती मनाइयो

 

पृथ्वीजयन्ती मूल समारोह समिति बागलुङको आयोजनामा वीरेन्द्र ऐश्वर्य पार्कमा भएको कार्यक्रममा बोल्ने वक्ताले पृथ्वीनारायण शाहले देशका लागि दिएको योगदान अविस्मरणीय रहेको भन्दै नेपाल एकीकरण गर्ने शाहको सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।

नेपाल एकीकरण गरेर पृथ्वीनारायण शाहले ठूलो योगदान पु¥याउने काम गरेपनि त्यो योगदानलाई राज्यले भुल्दै गएको कारणले नागरिक स्तरमा कार्यक्रम गर्नु परेको धारणा राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता तथा पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन ,अधिवक्ता विष्णु सापकोटा,शिक्षासेवी मेघराज पाण्डे लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका ३ गुठीका अध्यक्ष लिलादेवी खड्कालाई सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।

कार्यक्रम पृथ्वी जयन्ती मुल समारोह समितिका संयोजक शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता र सचिव सुदर्शन पन्तको संचालनमा सम्पन्न भएको थियो ।

१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना–साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए  ।

त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसरमा बागलुङ धौलागिरि अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो । आजै मानव सेवा आश्रममा रहेका नागरिकहरुलाई फलफूल वितरण गर्ने जनाइएको छ ।

बागलुङमा पृथ्वी जयन्ती नागरिक स्तरमा भब्य रूपमा मनाउन शैलेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा पृथ्वी जयन्ती मूल समारोह समिति गठन गरिएको थियो ।

बागलुङ जिल्लामा केही वर्षदेखि नागरिक स्तरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस औपचारिक रूपमा मनाउँदै आइरहेको छ ।
पृथ्वी जयन्तीको अवसरमा बागलुङ नगरपालिकाले नगरपालिका भित्र रहेका बिद्यालय ,संघसंस्थालाई सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्