३ जेष्ठ २०८१, बिहीबार

 

लायन्स क्लब अफ बागलुङ पिस टाउनद्वारा सिकाई केन्द्रमा पुस्तकालय स्थापना

लायन्स क्लब अफ बागलुङ पिस टाउनले सामुदायिक सिकाई केन्द्रलाई पुस्तकालय स्थापना गरेको छ ।

काठेखोला गाउँपालिका वडा नं ७ रेशका सर्वसाधारण नागरिक र विद्यार्थीहरुलाई पुस्तक अध्ययन गर्न सहज होस भनि क्लबले ओढानडाँडा सामुदायिक सिकाई केन्द्रको भवनमा पुस्तकालय स्थापना गरेको लायन्स क्लब अफ बागलुङ पिस टाउनकी अध्यक्ष लक्ष्मी पौडेल खत्री पन्तले नयाँ विश्वलाई बताए ।

क्लबले ६५ हजार बराबरको विभिन्न विषयका पुस्तकहरु उपलब्ध गराएका थिए ।उक्त पुस्तकालयलाई लालचन्द्र राजेशचन्द्र पुस्तक पसलका संचालक राजेशचन्द्र राजभण्डारीले १२ हजार बराबरको पुस्तक पनि उपलब्ध गराएको छ ।

कार्याक्रममा प्रमुख अतिथि वडा अध्यक्ष प्रेम लामिछाने,डिष्टिक रिजन चियर पर्सन गोपाल पौडेल,पूर्वगाविस अध्यक्ष कविराज थापा,लायन्स क्लब बागलुङ पिस टाउनकी संस्थापक अध्यक्ष सनिसा घर्ती,लायन्स क्लब अफ पंचकोटका अध्यक्ष श्रीकृष्ण पौडेल,ओढानडाँडा सिकाई केन्द्रका अध्यक्ष प्रजापति गौतम र लायन्स क्लब अफ बागलुङ पिस टाउनकी अध्यक्ष लक्ष्मी पौडेल खत्री पन्तले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्षता लायन्स क्लब अफ पिस टाउनकी अध्यक्ष लक्ष्मी पौडेल खत्री पन्तले,स्वागत उपाध्यक्ष तुलसी शर्माले र संचालन सिकाई केन्द्रका सदस्य डिल बहादुर कार्कीले गरेका थिए।लायन्स क्लब अफ बागलुङ पिस टाउनले क्लबको सदस्यहरुको नेतृत्व विकास गर्नुका साथै महिला जागरण,सामाजिक,जनस्वास्थ्य,शैक्षिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्