कोरोना भाइरसको संक्रमण समुदायमा फैलिरहेका बेला स्वास्थ्य मापदण्डलाई प्रभावकारी बनाउन बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले मालढुंगामा अनुगमन गरेका छन् ।
सुरक्षाका मापदण्ड प्रयोग नगरी बजारमा हिँडडुल गर्नेको संख्या बढेको भन्दै सोमबार प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी कार्यालय प्रमुख कृष्ण बहादृुर पल्ली मगर, बागलुङ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा, बागलुङ नगर स्वास्थ्य प्रमुख रामप्रसाद खनालले बागलुङ बजारदेखि बागलुङ नगरपालिका वडा नं १,मालढुंगासम्म अनुगमन गरेको हो ।
अनुगनका क्रममा सार्वजनिक,निजी सवारी साधन प्रयोग गर्ने चालक र यात्रुहरु तथा सर्वसाधारणहरुले कोभिड –१९ को जोखिमबाट बच्नका लागि प्रयोग गरिने सुरक्षा मापदण्ड पालना नगरेका व्यक्तिहरुलार्ई सम्झाएको र अनुगमन आगामी दिन पनि हुने जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले नयाँ विश्वलाई बताए ।
‘बागलुङ भित्रिने मुख्य नाकाहरु र बजारमा हिँडडुल गर्दा मास्क लगाएत स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्ने गुनासो आएपछि हामीले बजार अनुगन ग¥यौं,’ प्रमुख जिल्ला अधिकारी ढकालले नयाँ विश्वलाई भने, हामीले चेक गरेको २५ वटा प्राय सार्वजनिक सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालन गरेको,स्वास्थ्य सामग्रीको पनि व्यवस्था पनि गरेको पाइयो,कोराना रोकथामको लागि मास्क नलगाइकन अनावश्यक हिँडडुलमा कडाइ पूर्वक रोकेका छौ ।
’केहीदिन यता बागलुङ बजारमा कोभिड–१९ को संक्रमण बढिरहेका बेला सुरक्षाका मापदण्ड प्रयोग नगरी बजारमा हिँड्नेको संख्या वृद्धि भएको थियो ।
सुरक्षाका मापदण्ड प्रयोग नगरी बजारमा हिँड्ने व्यक्तिहरुलाई रोगका विषयमा सम्झाएका छौं, नगर स्वास्थ्य प्रमुख रामप्रसाद खनालले नयाँ विश्वसँग भने, ‘कोरोना फैलिन नदिन स्वास्थ्यकर्मी,प्रहरीले यसलाई रोक्न हर संभव कोशिस गरेको छ र यसलाई सफल बनाउन सर्वसाधारण नागरिक,सरोकारवाला निकाय र पत्रकारहरुको पनि हामीलाई महत्वपूर्णसाथ छ ’जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र बागलुङ नगरपालिकाले मालढुंगामा हेल्थ डेस्क पनि स्थापना गरेको छ ।


तस्वीर अर्जुन ढकाल













































































































































































































