६ जेष्ठ २०८१, आईतवार

 

पार्वती श्रेष्ठलाई भद्रकुमारी सम्मान, विद्यार्थी रियालाई छात्रवृत्ति

पार्वती श्रेष्ठलाई भद्रकाली सेवा समूहले सम्मान गरेको छ ।बागलुङ नगरपालिका वडा नं २ हल्लन चोक निवासि श्रेष्ठले छोरी बिरन्तीलाई मिर्गौला दान गरी नयाँ जिवन दिएकोले संस्थाले उनको योगदानको उच्च कदर गर्दै कदरपत्र र दोसल्लाले सम्मान गरेको हो ।

पार्वती श्रेष्ठले विसं २०७४ सालमा छोरीलाई मिर्गौला दान गरेकी थिइन् । यसै गरी भद्रकाली सेवा समूहले विद्यार्थी रिया राजभण्डारीलाई स्नातक तहको अध्ययन पुरा गर्नको लागि छात्रवृत्ति दिएको छ ।विद्यार्थी राजभण्डारीलाई स्नातक तहको चार वर्षको अध्ययनको लागि चाहिने सबै खर्च संस्थाले व्यहोर्ने भएको भद्रकाली सेवा समूहका संरक्षक सुन्दरी श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।

विद्यार्थी राजभण्डारीले माध्यमिक तहको अध्ययन विद्यामन्दिर माध्यमिक विद्यालयबाट पुरा गरेकी थिइन् ।शुक्रबार आयोजित समारोहमा प्रमुख अथिति डा कृष्ण बहादुर श्रेष्ठले छोरी सुन्दरी श्रेष्ठ र ज्वाई तारा प्रसाद श्रेष्ठले आमा भद्र कुमारी राजभण्डारीको स्मृतिमा समाजसेवा गर्ने जुन लक्ष्य राखेको छ त्यो अत्यन्त सह्रनिय कार्य भएको बताए ।

कार्याक्रममा बागलुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारी,सम्मानित व्यक्तित्व पार्वती श्रेष्ठ, नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी र भद्रकाली सेवा समूहकोअध्यक्ष काजी रोशन राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

छोरी सुन्दरी श्रेष्ठ र ज्वाई तारा प्रसाद श्रेष्ठले आमा भद्र कुमारी राजभण्डारीको स्मृतिमा पाँच लाखको अक्षय कोष स्थापना गरेका हुन । कार्याक्रममा कोष स्थापनाको लागि लाग्ने पाँच लाखको चेक छोरी सुन्दरी श्रेष्ठ र ज्वाई तारा प्रसाद श्रेष्ठले संस्थाका अध्यक्ष काजि रोशन राजभण्डारीलाई हस्तान्तरण गरेका छन् ।कार्याक्रम भद्रकाली सेवा समूहको अध्यक्ष काजी रोशन राजभण्डारीको अध्यक्षता,स्वागत संरक्षक सुन्दरी श्रेष्ठ र संचालन संस्थाकी सचिव निर्मला जिसी पन्तले गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्