१ जेष्ठ २०८१, मंगलवार

 

लायन्स क्लब अफ बागलुङ सिटीद्वारा किशोरीलाई आत्म रक्षा तालिम

बागलुङ – लायन्स क्लब अफ बागलुङ सिटीले किशोरीलाई आत्म रक्षाको तालिम दिएको थियो ।नारि दिवसको उपलक्ष्यमा विभिन्न विद्यालयका सय जना किशोरीहरुलाई आत्म रक्षाको जानकारी हो ।

तालिममा विद्यामन्दिर मावि,कालिका मावि,सनराइज मावि,भानु मावि, म्याग्दी,अमर आदर्श मावि,पmयुचर ब्राइटर मावि,गुराँस विद्या सदन,सिद्धार्थ शिक्षा सदनका छात्राहरुको उपस्थिति थियो । किशोरीहरुलाई प्रशिक्षक रुद्र रेग्मी,पुष्पा क्षेत्री ब्लाक ब्लेट र गोजु आरवाइयु कराटे दुले तालिम दिएका थिए ।

समाजमा किशोरीहरुको मनोबल उच्च बनाएर उनीहरुलाई विभेद र हिंसाबाट बचाउन आत्म रक्षाको तालिमले सहयोग पुग्ने कार्यक्रमको प्रमुख अथिति लायन्स क्लब अफ बागलुङ बागलुङ सिटीकी संस्थापक अध्यक्ष तथा एफडब्लुसि डिपुटि डिपार्टमेन्ट चिफ एमजेएफ पार्वती अधिकारीले बताइन् ।

कार्याक्रममा डिष्ट्रिक एडभाइजर कविता बस्नेत, डिष्ट्रिक पिआरओ रमा घिमिरे, रिजन चियर पर्सन गोविन्द बहादुर पौडेल, जोन चियर पर्सन अनुप रिजाल र लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष पुष्पा क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्षता लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष पुष्पा क्षेत्रीले,स्वागत द्धितीय उपाध्यक्ष धना सुनारले र संचालन सचिव अम्बिका बस्नेतले गरेकी थिइन।

लायन्स क्लब अफ बागलुङ सिटीले क्लबको सदस्यहरुको नेतृत्व विकास गर्नुका साथै महिला जागरण,सामाजिक,जनस्वास्थ्य,शैक्षिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्