२१ बैशाख २०८१, शुक्रबार

 

फोर्ब्सको सूचीमा ५ प्रभावशाली नेपाली युवा छनोट

विश्वको प्रशिद्ध पत्रिका फोब्र्सको प्रभावशाली युवाको सूचीमा पाँच जना नेपाली युवा छनोट भएका छन् । अमेरिकी पत्रिका फोब्समा एशियाका ३० प्रभावशाली युवाहरुमध्ये पाँच जना नेपाली पर्न सफल भएका हुन् । यो सूचीमा पर्नेमा सुजित पाठक, सुमित दाहाल, निरज काफ्ले, सन्तोष पाण्डे र ऐश्वर्य रानी सिंह छन् ।

फोब्र्सको सूचीमा परेका २९ वर्षका सुजित पाठक कञ्जुमर टेक्नोलोजी विधाबाट छनोट भएका हुन । उनी इनग्रेल नेपालका सह संस्थापक हुन् ।पत्रिकाको सूचीमा परेका २७ वर्षका सुमित दाहालले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपको विकास र उत्पादन गरेका छन् ।

दाहाल नासा गोडार्ट स्पेस फ्लाइट सेन्टरका एक्सपेरिमेन्टल एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन् ।निरज काफ्ले र सन्तोष पाण्डेले काठमाडौंमा उपहार र सरप्राइज प्याकेज डेलिभरी गर्दैै आएका छन् । उनीहरु अफरिङ ह्यापिनेसका संस्थापकहरु हुन् ।

२८ वर्षकी ऐश्वर्य रानी सिंहले महिनावारीका बेलामा किशोरी र महिलाहरुलाई कप तथा प्याडको प्रयोगमा प्रोत्सिहित र जनचेतना अभिवृद्धि गर्दै आएकी छिन् । उनी पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष हुन् । फोर्ब्सले हरेक महादेशबाट ३० वर्षमुनिको प्रभावशाली ३० जना युवाको सूची प्रकाशित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्