१ जेष्ठ २०८१, मंगलवार

 

महिला उद्यमीद्वारा प्रदान गरिएको कानुनी प्रशिक्षण तथा भाषण कला संम्बन्धी तालिम सम्पन्न

बागलुङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति बागलुङको आयोजनामा बागलुङ बजारका व्यवसायी महिलाहरुलाई प्रदान गरिएको महिला सशक्तिकरण तथा भाषण कला संम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले व्यवसायी महिलालाई विभिन्न विषयमा जानकारी र भाषण कलाको तालिमले विभिन्न क्षेत्रमा नेतृत्व गर्न सहयोग पुग्ने बताए । महिलाहरुको नेतृत्वमा उद्योग र व्यापारको विकासमा धेरै सकरात्मक परिणाम आएको छ, महिलाको भूमिकालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन सबैले सहकार्य गर्नु पर्ने अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका सल्लाहकार देवबहादुर श्रेष्ठ,प्रशिक्षक प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष राम थापा,प्रशिक्षार्थी दिपिका गौतम,मनकामना श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

महिला उद्यमी विकास समिति बागलुङकी अध्यक्ष भगवती केसीको अध्यक्षता तथा स्वागत तथा कार्यक्रमको संचालन सचिव जुनु श्रेष्ठले गरेकी थिइन । चार दिनसम्म आयोजना गरिएको प्रशिक्षणमा ५३ जना महिलाहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा महिला सशक्तिकरण संम्बन्धमा सहयात्रा बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, महिला र कानुनको संम्बन्धमा अधिवक्ता ममता शर्मा र उद्घोषण तथा भाषण कला संम्बन्धी तालिम नेपाल भाषा मंका खल बागलुङको सचिव सुदिप राजभण्डारी र प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष राम थापा अविरलले दिएको थियो ।उक्त कार्यक्रमको लागि बागलुङ उद्योग वाणिज्य संघले आर्थिक सहयोग प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्