२६ बैशाख २०८१, बुधबार

 

लायन्स क्लबलाई मानविय र सामाजिक सेवामा सर्मपित गराउछौं : अध्यक्ष श्रेष्ठ

बागलुङ – लायन्स क्लबमार्फत मानविय र सामाजिक सेवामा सर्मपित हुने लायन्स क्लब अफ धौलागिरि, बागलुङको नवनिर्वाचित अध्यक्ष निर्माण कुमार श्रेष्ठले बताउनु भयो । शुक्रबार लायन्स क्लब अफ धौलागिरि,बागलुङको नवनिर्वाचित समितिको पदस्थापन कार्यक्रमा अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष श्रेष्ठले आफनो कार्यकालमा नेतृत्व विकास, स्वास्थ्य शिविर,वृक्षा रोपन, दैवी प्रकोप कोषमा वृद्धि र सबै लायन्स क्लबहरुको सहभागितामा लायन्स क्लबको भवन बनाउनको लागि जग्गा व्यवस्थापनको लागि पहल गर्ने कार्यक्रम सार्वजनिक गर्नु भएको थियो ।

लायन्स क्लब अफ धौलागिरि, बागलुङका निर्वतमान अध्यक्ष ताल बहादुर कुँवरले आफनो कार्यकालमा क्लबको कार्यक्रमलाई सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि, बागलुङको पूर्वअध्यक्ष भरत शर्मा र राजेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो । क्लबको प्रथम उपाध्यक्षमा मुकेशचन्द्र राजभण्डारी, द्धितीय उपाध्यक्ष गणेश महतो, तृतीय उपाध्यक्षमा राजेश भारी, सचिवमा शिव शंकर साह र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ रहेका छन् ।

क्लबका नयाँ सदस्यहरु विदेश कुमार श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र किरण काउचालाई लायन्स क्लब अफ धौलागिरि,बागलुङको अध्यक्ष निर्माण कुमार, निर्वतमान अध्यक्ष ताल बहादुर कुँवर, पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी,भरत शर्मा,राजन कुमार श्रेष्ठ र जयराम भारीले टिका र खाडाले स्वागत गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ धौलागिरि,बागलुङको अध्यक्ष निर्माण कुमार श्रेष्ठको अध्यक्षता, प्रथम उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीको स्वागत र निर्वतमान सचिव तथा तृतीय उपाध्यक्ष राजेश भारी र सचिव शिव शंकर साहको संचालनमा सम्पन्न्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्