२६ बैशाख २०८१, बुधबार

 

लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्षमा सृजना श्रेष्ठ

बागलुङ – लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्षमा सृजना श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन् । शुक्रबार भएको पदस्थापन कार्यक्रममा अध्यक्ष श्रेष्ठको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्य समिति घोषणा गरिएको छ ।

क्लबको प्रथम उपाध्यक्षमा धना सुनार, द्धितीय उपाध्यक्ष पुष्पा क्षेत्री, तृतीय उपाध्यक्ष लाल कुमारी बस्नेत अम्बिका, सचिवमा शर्मिला थापा र कोषाध्यक्षमा दुर्गा श्रीष रहेकी छिन् ।लायन्स क्लबमार्फत क्लबका सदस्यहरुको नेतृत्व विकास र सामाजिक सेवामा क्रियासिल हुने नवनिर्वाचित अध्यक्ष सृजना श्रेष्ठले नयाँ विश्वलाई बताइन ।

कार्यक्रममा डिपार्टमेन्ट चिफ पार्वती अधिकारी, डिपुटी डिपार्टमेन्ट चिफ कविता बस्नेत र लायन्स क्लब अफ बागलुङ सिटीको निर्वतमान अध्यक्ष पुष्पा केसीले मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्ष पुष्पा केसीको अध्यक्षता, द्धितीय उपाध्यक्ष पुष्पा क्षेत्रीको स्वागत र सचिव लाल कुमारी बस्नेत अम्बिकाको संचालनमा सम्पन्न्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्