२७ बैशाख २०८१, बिहीबार

 

लायन्स क्लब अफ बागलुङको अध्यक्षमा प्रेम केसी

बागलुङ- लायन्स क्लब अफ बागलुङको अध्यक्षमा प्रेम केसी सर्वसम्मत चयन भएको छ । शुक्रबार भएको पदस्थापन कार्यक्रममा अध्यक्ष केसीको नेतृत्वमा ४८ सदस्यीय नयाँ कार्य घोषणा गरिएको छ ।

क्लबको प्रथम उपाध्यक्षमा ईश्वर लाल राजभण्डारी, द्धितीय उपाध्यक्ष सुर्य चापागाईँ, तृतीय उपाध्यक्ष नारायण प्रसाद शर्मा सचिवमा राजु केसी र कोषाध्यक्षमा भुपेन्द्र केसी रहेका छन् ।लायन्स क्लबमार्फत क्लबका सदस्यहरुको नेतृत्व विकास,मानविय र सामाजिक सेवामा क्रियासिल हुने नवनिर्वाचित अध्यक्ष प्रेम केसीले नयाँ विश्वलाई बताए ।निर्वतमान अध्यक्ष राजु गौतमले आफनो कार्यकालमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा एसिसटेन्ट चिफ एडभाइजर दुर्गा कुँवर, रिजन चियर पर्सन ताल बहादुर कुँवर, जोन चियर पर्सन केशव प्रसाद सापकोटा र पिआरओ विकास पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।क्लबका १३ जना नयाँ सदस्यलाई क्लबका अध्यक्ष प्रेम केसीले स्वागत गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङको अध्यक्ष राजु गौतम अध्यक्षता, प्रथम उपाध्यक्ष प्रेम केसीको स्वागत र सचिव राजु केसीको संचालनमा सम्पन्न्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्