५ श्रावण २०८३, मंगलवार

 

कहिले चयन हुन्छ बागलुङ उद्योग वाणिज्य संघको पदाधिकारी ?

बागलुङ- बागलुृङ उद्योग वाणिज्य संघको अध्यक्ष नरेश कँडेलसहित कार्यसमिति सर्वसम्मत चयन भए पनि कार्यसमितिले पुर्णता पाउन सकेको छैन् ।सबै पदाधिकारी र दुई मनोनित सदस्य चयन हुन नसक्दा कार्यसमितिले पुर्णता नपाएको हो ।

कहिले पुर्णता पाउला कार्यसमितिले ?

कार्यसमितिको परामर्शमा ४ जना सदस्यलाई अध्यक्षले मनोनित गर्नु पर्नेमा हाल राजन कुमार शाक्य र शशिकपुर श्रेष्ठलाई मात्र मनोनित गरिएको छ ।दुई जना सदस्य मनोनित गर्न बाँकी छ । चार जनामध्ये एक जना महिलालाई अनिर्वाय मनोनित गर्नु पर्ने विधानमा व्यवस्था छ ।

मनोनित भएका राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठको पनि पदस्थापन हुन बाँकी रहेको छ ।दुई जना सदस्यलाई मनोनित गर्दा पनि कार्यसमितिको सदस्यहरुसँग सल्लाह नभएको श्रोतले बतायो ।असार ४ गते नरेश कँडेल अध्यक्षमा र उद्योग सदस्यहरुमा निलेश राजभण्डारी र ऋषि राम गौतम सर्वसम्मत चयन भएका थिए ।

यसै गरी जेठ ३१ गते खुल्ला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि संघको १४ खुल्ला सदस्य निर्विरोध निर्वाचित भएका थिए। जेठ २९ गते महिला उद्यमी तर्फ दुई जनाको मात्र उम्मेदवारी परेकोले यमुना रेग्मी र शिव कला थापा निर्विरोध निर्वाचित भएका थिए ।संघको ५८ औ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयनको लागि असार ४ गते निर्वाचन तोकेको थियो ।

के सहमतिमा पदाधिकारी चयन होला ?

अध्यक्ष,खुल्ला सदस्य १४, महिला उद्यमी सदस्य २, उद्योग सदस्य २,मनोनित सदस्य ४ र निर्वतमान अध्यक्षसहित २४ सदस्यीय कार्यसमिति हुने विधानमा व्यवस्था रहेको छ ।

अध्यक्ष नरेश कँडेलले अध्यक्षको जिम्मेवारी सम्हालेको १९ दिन बिति सक्दा पनि पदाधिकारीको चयन हुन सकेको छैन् । विधानमा कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव र सहकोषाध्यक्ष व्यवस्था रहेको छ ।

विधानमा कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै  चुनिने व्यवस्था रहेको छ । सहमति नभए निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्ने र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिएर पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ ।

छलफल,सल्लाह र सहमति प्रयाप्त मात्रमा नभएको हो ?

श्रोतका अनुसार अध्यक्षमा सर्वसम्मत भएका अध्यक्ष नरेश कँडेलले आफनो टिमभित्र सल्लाह र परामर्शमा महत्वपूर्ण कामहरु गर्ने सहमति भएको बताए ।हामी प्रदेशको सभा तयारी थियौं र कार्यसमितिलाई पूर्णता दिन पूर्वअध्यक्ष र कार्यसमितिको सदस्यहरुसँग छलफल भइ रहेको छ ।

एक महिनाभित्र पदाधिकारी चयन हुने र कार्यसमितिले पूर्णता पाउने संघका अध्यक्ष नरेश कँडेलले नयाँ विश्वलाई बताउनु भयो ।कतिपय सदस्यहरु र पूर्वअध्यक्षहरु संस्थागत छलफल भन्दा विभिन्न खेमा बनाएर पृथक ढंगले हिड्न खोज्नु भएको छ त्यसले पनि समस्या बनाएको संघका अध्यक्ष कँडेलले भने ।

उद्योगी,व्यवसायी र संघको हितको लागि सहकार्य अनिर्वाय छ

बागलुङ उद्योग वाणिज्य संघलाई नवनिर्वाचित अध्यक्ष कँडेलले सल्लाह र सहमतिमा संघलाई संचालन गर्नु हुन्छ भन्ने हामीलाई विश्वास छ । उहाँले गर्ने हरेक राम्रो कामलाई हाम्रो साथ र समर्थन हुने छ ।

अध्यक्षले पनि कार्य समितिको सबै सदस्यहरुलाई आफनो परिवार सम्झेर पदाधिकारी र मनोनित सदस्य सहमतिमा चयन गर्नु भएमा उहाँको महानता झल्कने नेपाल राष्ट्रिय वाणिज्य संघ बागलुङ अध्यक्ष भवन राज बरालले बताउनु भयो ।

संघको नयाँ नेतृत्वले संस्थालाई संस्थागत रुपमा संचालन गरेर व्यवसायीको मनोबल उच्च बनाउनु हुनेछ भन्ने अपेक्षा लिएका छौं । कार्यसमितिको पदाधिकारी चयन,मनोनयन र सबै महत्वपूर्ण विषयमा सरोकारवालाहरुसँग प्रयाप्त मात्रमा छलफल भएको छैन् ।

संघलाई सबैको अपनत्व हुने गरी संचालन गर्न अध्यक्षले सबैको साथ लिनु जरुरी छ र यस कार्यमा उहाँले आफनो कार्य कुशलता देखाउनु हुनेछ भन्ने हामीले विश्वास गरेको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङको महासचिव गोकुल कँडेलले नयाँ विश्वलाई बताउनु भयो ।

सहमति र सहकार्य विपरित जान खोजे कसैको हित नहुने

संघको अध्यक्षले पदाधिकारी र मनोनयन सल्लाह र सहमतिमा टुङगाउन र सबैको सहयोग लिएर संघको विकासमा केन्द्रीत हुन म आग्रह गर्छु अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय सदस्य थानेश्वर सुवेदीले भने ।

हाम्रो विचमा जे सहमति भएको थियो त्यसलाई संस्थाको हितमा लागु गर्नु भयो भने मात्र उहाँको कार्यकाल सफल हुन्छ केन्द्रीय सदस्य सुवेदीले बताउनु भयो ।एक्ला एक्लै हिड्न खोजे कसैको हित नहुने  सुवेदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung