२५ बैशाख २०८१, मंगलवार

 

लायन्स क्लब अफ बागलुङ आवाजको अध्यक्षमा लिला देवी खड्का

बागलुङ लायन्स क्लब अफ बागलुङ आवाजको अध्यक्षमा लिला देवी खड्का सर्वसम्मत चयन भएकी छिन् ।

शुक्रबार भएको पदस्थापन कार्यक्रममा अध्यक्ष खड्काको नेतृत्वमा २० सदस्यीय नयाँ कार्य समिति घोषणा गरिएको छ ।लायन्स क्लब अफ बागलुङको स्पोन्सरमा उक्त क्लब स्थापना भएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा सावित्री के सी, सचिवमा चन्द्रा कार्की र कोषाध्यक्षमा सुस्मा मल्ल रहेका छन् ।

कार्यक्रममा लायन्स क्लब अफ बागलुङको अध्यक्षमा प्रेम केसी,लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्षमा सृजना श्रेष्ठ,एमजेएफ अनुप रिजाल, डिपार्टमेन्ट चिफ पार्वती अधिकारी, डिपुटी डिपार्टमेन्ट चिफ कविता बस्नेत र चिफ एडभाइजर दुर्गा कुँवरले मन्तव्य व्यक्त गरेका थिए ।

क्लबलाई मानविय र सामाजिक सेवामा सक्रिय बनाउनुको साथै युवाहरुको व्यक्तित्व विकास र नेतृत्व विकासमा केन्द्रीत गर्ने अध्यक्ष लिला देवी खड्काले नयाँ विश्वलाई बताउनु भयो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ आवाजको अध्यक्ष लिला देवी खड्का अध्यक्षता, प्रथम उपाध्यक्ष सावित्री केसीको स्वागत र सचिव चन्द्रा कार्कीको संचालनमा सम्पन्न्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्