५ जेष्ठ २०८१, शनिबार

 

जेसीज वाइवाई नृत्य प्रतियोगितामा अमर आदर्श प्रथम,फ्युचर व्राइटर द्धितीय र युएस एकेडेमी तृतीय

जेसीज सप्ताह अन्तरगत चौथो दिन मंगलवार वाइवाई नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय बागलुङ जेसीजको आयोजनामा विभिन्न कार्यक्रमका अन्तर्गत चौथो दिन राष्ट्रिय भाव झल्कने गीतहरुमा वाइवाई नृत्य प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा नौ वटा विद्यालयका विद्यार्थीहरु सहभागिता जनाएका थिए । कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका उप्रप्रमुख राजु खड्काले गरेका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले युवाहरुको नेतृत्व र क्षमता बिकासमा सक्रिय जेसीजले राष्ट्रको भावना जागृत गर्नका लागि कार्यक्रम गर्नु महत्वपूर्ण बिषय भएको बताए ।

वाईवाई सामुहिक नृत्य प्रतियोगिताबाट अमर आदर्श आवसिय मावि प्रथम, फ्युचर व्राइटर बोडिङ स्कुल द्धितीय र युएस एकेडेमी तृतीय भएको कार्यक्रम संयोजक सोनी कार्की बिन्दाले जानकारी दिईन ।

कार्यक्रम बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एव कार्यवहाक अध्यक्ष आनन्द रेग्मीको अध्यक्षता, मुल संयोजक अञ्जिला श्रेष्ठको स्वागत र कार्यक्रम संयोजक सोनि कार्की बिन्दाको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यसै गरी सप्ताहको पाँचौं दिन बुधबार स्थापना दिवससँगै रक्तदान, छैठौ दिन बिहिबार पिस प्यालेस फुटसल प्रतियोगिता र सातौं तथा अन्तिम दिन शुक्रबार समापन समारोह एवं प्रगति स्मृति बक्तृत्व कला प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रमकोे आयोजना गरिएको मुल संयोजक अञ्जिला श्रेष्ठले जानकारी दिईन ।

प्रतिक्रिया दिनुहोस्