३ कार्तिक २०८३, सोमबार

 

बागलुङमा दसैँलक्षित बजार अनुगमन प्रभावकारी बनाइँदै

- पसलमा मूल्यसूची राख्न व्यवसायीको आनकानी

चाडबाड नजिकिँदै गर्दा बागलुङमा बजार अनुगमन प्रभावकारी बनाउन थालिएको छ । यस पटकको अनुगमन खुद्रा पसल भन्दापनि बागलुङ बजारमा रहेक होलसेल तथा मार्टहरुमा केन्द्रित गरिएको छ । बागलुङ नगरपालिकाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाषिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार लगाएतको टोलीले बजार अनुगमन गरेको थियो ।

चाडपर्वमा हुन सक्ने अनियमितता, कालोबजारी, बढी मूल्य असुली, मालसामानमा हुने गुणस्तरहीनता लगायतका विषयमा केन्द्रित रहेर बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काको टिमले बागलुङ बजारमा होलसेल खाद्यान्न पसल र मार्टहरुको अनुगमन गरेको छ ।

टोलिले बागलुङ बजारमो प्रधान ब्रदर्श,विजया लक्ष्मी सपिङ सेन्टर, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, गोल्डेन गेट सुपरमार्केट, यमुना स्टोर, लगाएत बागलुङ बजारका ठुला तथा साना गरि २८ वटा पसल अनुगमन गरेको थियो । अनुगमनका क्रममा बजारका अधिकांश पसलहरूमा मूल्यसूची नराख्ने तथा राखेकाले पनि प्रष्टसँग देखिने गरी टाँस गर्दा आम उपभोक्ताहरू ठगिने अवस्था देखिएको छ ।

सो अवसरमा पसल, गोदामको सरसफाइमा ध्यान दिने एवं पसलमा मूल्यसूची सबै उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा टाँस्न निर्देशन दिइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताउनु भयो । टोलीले पसलहरूमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे–नगरेको, सामानको उत्पादन मितिको जाँच गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका सौरभ श्रेष्ठले बताउनु भयो । विगतमा भन्दा केही सुधार आएका श्रेष्ठले जनाकरी दिनु भयो । बजारमा उपभोक्ताहरूलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरूलाई कानुनअनुसार कारबाही गर्ने बागलुङ नगरपालिकाका बजार अनुगमन अधिकृत युक्त प्रसाद सुवेदीले बताउनु भयो । ।

बजार आम उपभोक्ता र बिक्रेताबीच प्रत्यक्ष सम्बन्ध स्थापना हुने सार्वजनिक मञ्च समेत रहेकोले बजारमा केवल बिक्रेताको नाफा मात्र महत्वको विषय बन्दैन। उपभोक्ताको अधिकारसमेत बजारको चासोभित्र पर्छ। बजारलाई नाफाकेन्द्रित मात्र बन्न नदिन, उपभोक्ताको अधिकार सुनिश्चित गर्न र व्यापारका सर्वमान्य सिद्धान्तअन्तर्गत क्रय–विक्रयको नियमन गर्न बजार अनुगमन गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung