७ जेष्ठ २०८१, सोमबार

 

बागलुङको ट्राफिक व्यवस्थ्यापन र दुर्घटना न्यनूनिकरण गर्नु प्रमुखको जिम्मेवारी हो : ट्राफिक प्रमुख खड्का

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका नव आगन्तुक प्रमुख, प्रहरी वरिष्ठ नायव निरीक्षक मिन बहादुर खडकाले सडक सुरक्षासँगै ट्राफिक व्यवस्थ्यापन र सवारी दुर्घटना न्यनूनिकरण गर्नु आफ्नो प्रमुखको जिम्मेवारी रहेको बताउनस भएको छ ।

सरुवा भएका बागलुङ आउनु भएका खड्काले जिल्लामा क्रियाशिल पत्रकारहरु संगको भेटघाटमा बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको अत्याधिक चापलाई व्यवस्थित गर्नु ट्राफिक प्रहरीलाई चुनौतीको विषय भएको भन्दै जिल्लाको ट्राफिक व्यवस्थापनमा आफूले सक्दो प्रयास गर्ने बताउनु भएको छ ।

खड्काले बागलुङ बजारको ट्राफिक जाम व्यवस्थापन गर्न आफूले व्यवस्थित पार्किङस्थलमा जोड दिएको बताउनु भयो। ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलको समस्या समाधान गर्न सवै सरोकारवाला संग समन्वय गरेर जाने बताउनु भयो ।

ट्राफिक प्रहरीले मात्र चुस्तरुपमा ट्राफिक ब्यवस्थापन गर्न मुस्किल हुने हुँदा नगरपालिका, यातायात व्यावसायीलगायत सरोकारवाला सबैसँग समन्वय गरेर अघि बढ्ने वरिष्ठ नायव निरीक्षक खडकाले बताउनु भयो । सो कार्यक्रमको संचालन ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरिक्षक विशाल दजीले गर्नु भएको थियो ।

यसअघि यहाँ कार्यरत ट्रफिक प्रहरी प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक राजकुमार केसी जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की सरुवा भएर जानु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ मातहतमा रहेका ९ वटा पोष्टहरुमा २३ जना प्रहरीहरु कार्यरत रहेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार टिकाराम शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्