७ जेष्ठ २०८१, सोमबार

 

शान्ति सुरक्षा कायम गर्न सबैसँग सहकार्य गर्छु – प्रहरी उपरीक्षक खड्का

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका नवआगन्तुक प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बागलुङ जिल्लाको शान्ति सुरक्षा कायम राख्न सबै सरोकारवालाहरुसँग सहकार्य गर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हालैमात्र प्रहरी उपरीक्षक खड्काले अहिले व्यापक रूपमा भइरहेको लागू पदार्थको बढ्दो प्रयोगबाट युवा पुस्तालाई जोगाउन समुदायको समेत सहयोग आवश्यक पर्ने हुँदा सबैले सहयोग गरेको खण्डमा यसलाई न्युनिकरण गर्न सकिने बताउनुृ भयो ।

कालीगण्डकी नदिमा भइरहेको दोहन ,बजारमा भइरहेको चोरी अपराध, जुवा तास लगायतका घटनामा प्रहरी प्रशासन चनाखो बन्नुपर्ने ,प्रहरीको उठबस बिचौलीया वर्गसँग हुन नहुने सुझाव पत्रकारहरूले प्रहरी उपरीक्षक खड्कालाई राखेका थिए ।

प्रहरी प्रशासनको नेतृत्व गर्ने व्यक्ति दबाब ,प्रभाव र अभावबाट मुक्त हुन नसकेसम्म जनताले खोजेको जस्तो नतिजा दिन नसक्ने हुँदा यसलाई मनन गर्नुपर्ने अन्तर्क्रियामा पत्रकारहरुले धारणा राखेका थिए ।

अन्तरक्रियामा पत्रकारमाथि ज्यान मार्ने धम्की दिने ब्यक्ति अहिलेसम्म पक्राउ पर्न नसकेको, सदरमुकाममा सिसि क्यामरा ४ वर्षदेखि नहुँदा चोरी र अपराधका घटना बढेर गएको धारणा पत्रकारहरूले राखेका थिए ।

कार्यक्रमा सूचना अधिकारी गंगा थापाले पत्रकारलाई सहि सूचना समयमै दिने प्रतिबद्धता जनाएका थिए ।अन्तरक्रिया कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्