२६ बैशाख २०८१, बुधबार

 

बागलुङ, म्याग्दी र पर्वत जेसीजका सदस्यलाई शाखा व्यवस्थापन तथा नेतृत्व विकास तालिम

बागलुङ । बागलुङ, म्याग्दी र पर्वत जेसीजका पदाधिकारी र सदस्यहरुलाई शाखा व्यवस्थापन तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । शनिबार बागलुङ नगरपालिका वडा नं ३ खहरेको एग्रीकल्चर रिर्साटमा शाखा संचालन, व्यवस्थापन र नेतृत्वसंम्बन्धी तालिम संचालन गरिएको बागलुङ जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले नयाँ विश्वलाई बताउनु भयो ।

तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अथिति म्याग्दी जेसीजका पूर्वअध्यक्ष तथा नेपाल जेसीजका पूर्वअध्यक्ष धनञ्जय कुमार श्रेष्ठले गर्नु भएको थियो ।तालिमको सहजिकरण म्याग्दी जेसीजका पूर्वअध्यक्ष तथा नेपाल जेसीजका पूर्वअध्यक्ष धन्नजय कुमार श्रेष्ठ, पर्वत जेसीजका पूर्वअध्यक्ष हिम बहादुर पौडेल क्षत्री र बागलुङ जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले गर्नु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले राजनीति र युवा विषयमा सहभागिहरुलाई तालिम दिनु भएको थियो । तालिममा ६० जना पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, बागलुङ जेसीजका पूर्वअध्यक्ष आनन्द प्रसाद रेग्मीको स्वागत र तालिम संयोजक विन्दा कार्कीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठसहित पूर्वअध्यक्ष, पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।पदाधिरिकारी र सदस्यहरुलाई प्रदान गरिने यो तालिम १७ औं संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्