२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लब अफ बागलुङको अध्यक्षमा राजभण्डारी

बागलुङ । लायन्स क्लब अफ बागलुङको अध्यक्षमा इश्वर लाल राजभण्डारी सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न कार्यसमितिको निर्वाचनबाट २०२३ – २४ को लागि राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा सूर्य चापागार्ईँँ, द्धितिय उपाध्यक्षमा नारायण प्रसाद शर्मा, तृतीय उपाध्यक्ष राजु केसी, सचिवमा भुपेन्द्र केसी र कोषाध्यक्ष तिलक बहादुर खड्का चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई एसिसटेन्ट चिप एडभाइजर दुर्गा कुँवर, जोन चियर पर्सन केशव सापकोटा, लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष नारायण प्रसाद आचार्य, लायन्स क्लब अफ बागलुङ सिटिजनकी अध्यक्ष अस्मिता गौतम र लायन्स क्लब बागलुङका अध्यक्ष प्रेम केसीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङको अध्यक्ष प्रेम केसीको अध्यक्षता, स्वागत द्धितिय उपाध्यक्ष सूर्य चापागाईँले र संचालन सचिव राजु केसीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्