१७ बैशाख २०८१, सोमबार

 

लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्षमा धना सुनार

बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्षमा धना सुनार सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न कार्यसमितिको निर्वाचनबाट २०२३ – २४ को लागि सुनारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा पुष्पा केसी, द्धितिय उपाध्यक्षमा अम्बिका बस्नेत, तृतीय उपाध्यक्ष शर्मिला थापा क्षेत्री सचिवमा दुर्गा श्रीस र कोषाध्यक्ष सन्ध्या राजभण्डारी चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्ष लक्ष्मी श्रेष्ठ घर्ती, जोन चियर पर्सन दिपा कुमारी जिसी, डिष्ट्रिक अफिसर सविता आचायर्, डिपुटि डिर्पाटमेन्ट चिफ कविता बस्नेत र डिष्ट्रिक डिर्पाटमेन्ट चिफ पार्वती अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्ष सृजना श्रेष्ठको अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष धना सुनारले र संचालन सचिव शर्मिला थापा क्षेत्रीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्