२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लब अफ धवलागिरिको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी

बागलुङ । धवलागिरि अंचलकै जेठो क्लब लायन्स क्लब अफ धवलागिरि, बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी सर्वसम्मत चयन भएका छन् ।सोमबार सम्पन्न कार्यसमितिको निर्वाचनबाट २०२३ – २४ को लागि राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा गणेश महतो, द्धितिय उपाध्यक्षमा राजेश भारी, तृतीय उपाध्यक्ष शिव शंकर साह, सचिवमा मनोज कुमार श्रेष्ठ, कोषाध्यक्ष आशिष राजभण्डारी र सहसचिवमा विदेश कुमार श्रेष्ठ चयन भएका छन् ।यसै गरी मेम्बरशिप सिप चियर पर्सनमा सौरभ केसी, एलसिआइएफ कोडिनेटरमा छम बहादुर कार्की, सर्भिस चियर पर्सनमा दिपेन्द्र श्रेष्ठ र मार्केटिङ चियर पर्सनमा केशव सुवेदी सर्वसम्मन चयन भएका छन् ।

कार्यक्रममा लायन अफ धवलागिरि देव बहादुर श्रेष्ठ, साइत फर्स चिप धौलागिरि एरिया काजिमान गुरुङ, रिजन चियर पर्सन ताल बहादुर कुँवर, नवनिर्वाचित अध्यक्ष मुकेशचन्द्र राजभण्डारी,लायन्स क्लब अफ धवलागिरि, बागलुङका पूर्वअध्यक्षहरु राजेशचन्द्र राजभण्डारी, ओम प्रकाश गौतम, भरत शर्मा, जयराम भारी र  लायन्स क्लब अफ धवलागिरि, बागलुङका अध्यक्ष निर्माण कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ धवलागिरिको अध्यक्ष निर्माण कुमार श्रेष्ठको अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीले र संचालन सचिव शिव शंकर साहले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्