२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लब अफ बागलुङ युनियनको अध्यक्षमा प्रेम लामिछाने

बागलुङ । लायन्स क्लब अफ बागलुङ युनियनको अध्यक्षमा प्रेम लामिछाने सर्वसम्मत चयन हुनु भएको छ। मंगलबार सम्पन्न कार्यसमितिको निर्वाचनबाट २०२३ – २४ को लागि लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा सन्दीप खड्का, द्धितिय उपाध्यक्षमा दिपेश गौतम, तृतीय उपाध्यक्ष इश्वर खत्री, सचिवमा लक्ष्मण कार्की, कोषाध्यक्ष चुडामणि सापकोटा, सहसचिवमा दिवश गैरे र सहकोषाध्यक्षमा सोम बहादुर खत्री चयन भएका छन् ।यसै गरी क्लब मेम्बरशिप सिप चियर पर्सनमा दिपेन्द्र कार्की, मार्केटिङ चियर पर्सनमा माधव सापकोटा र क्लब डाइरेक्टरमा गोविन्द सापकोटा सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई साइत फर्स चिप धौलागिरि एरिया काजिमान गुरुङ, एसिसटेन्ट चिप एडभाइजर दुर्गा कुँवर, डिपुटि डिर्पाटमेन्ट चिफ अनुप रिजाल, लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष नारायण प्रसाद आचार्य, लायन्स क्लब अफ बागलुङ युनियनका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक चियर पर्सन बलराम गौतम र लायन्स क्लब अफ बागलुङ युनियनका अध्यक्ष लोकेन्द्र केसीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ युनियनका अध्यक्ष लोकेन्द्र केसीको अध्यक्षता, तृतीय उपाध्यक्ष माधव सापकोटाको स्वागत र सचिव दिपेश गौतमको संचालनमा सम्पन्न्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्