७ जेष्ठ २०८१, सोमबार

 

नेपाल प्रहरीका १३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरी नायव महानिरीक्षक (डीआई) को रिक्त संख्या मा बढुवा सिफारिस भएको छ।बुधबार बसेको बढुवा समितिको बैठकले १३ मा बढुवा गर्न सिफारिस गरेको हो।डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका छन्।

यस्तै गरी भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल बढुवाका लागि सिफारिस भएका छन्। २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही विज्ञापनका वैकल्पिकहरु डीआईजी सिफारिस भएका हुन् साथै २०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजी बन्दा पछिल्लो ब्याचबाट ३ जना सिफारिस भएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्