१६ बैशाख २०८१, आईतवार

 

पत्रकार सरिता खत्रीलाई ‘भक्त-जगकुमारी स्मृति पत्रकारिता पुरस्कार’

बागलुङ ।प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङले स्थापना गरेको भक्त-जगकुमारी स्मृति पत्रकारिता पुरस्कार- २०७९ बाट गलकोट एफएमका स्टेसन प्रमुख सरिता खत्रीलाई प्रदान गरिएको छ ।

शनिबार प्रेस सेन्टर बागलुङले आफ्नो १५ औँ वार्षिक साधारणसभाको अवसरमा सो पुरस्कार प्रदान गरेको  हो ।

विगत एक दशकदेखि पत्रकारितामा क्रियाशिल खत्रीलाई प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल र प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङका अध्यक्ष थम्मन थापाले दोसल्ला, कदरपत्र र नगदसहित सम्मान गर्नु भएको थियो । खत्रीलाई १० हजार रुपैयाँराशिको पुरस्कार प्रदान गरिएको हो ।

गलकोट नगरपालिका वडा नं ७ मल्मका नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य हर्क थापाले आफनो बुबा भक्तबहादुर थापा र आमा जग कुमारी थापाको स्मृतिमा उक्त पुरस्कार स्थापना गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्