४ कार्तिक २०८३, मंगलवार

 

बागलुङ नगरको सेवा प्रवाहलाई प्रभावकारी र विकासलाई घरदैलोसम्म पु¥याउदै छौं : प्रमख प्रशासकीय अधिकृत कँडेल

नेपालको संिवधान २०७२ ले निदिष्ट गरे अनुरुप गठन भएको स्थानीय सरकार अहिलेसम्म आईपुग्दा जननिर्वाचित प्रतिनिधिहरुको दाश्रो कार्यकालको प्रारम्भिक वर्षमा अगाडी वढि रहेको छ ।  नेपालमा पछिल्लो राजनैतिक परिवर्तनको परिणामतः संघीय शासन प्रणाली लागु भएपछि नेपालको सविंधान २०७२ जारी भई मुलुकमा संघीय शासन प्रणालीको थालनी भएको छ ।
संघीय शासन प्रणाली अनुरुप स्थानीयतहको दोश्रो निर्वाचन २०७९ को निर्वाचनवाट निर्वाचित जनप्रतिनिधिज्यूहरुले आप्mनो पद वहाली गरी कार्यजिम्मेवारी सम्हालेको वागलुङ नगरपालिका जनप्रतिनिधिज्यूहरुले कार्य जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरे वमोजिम स्थानीय सरकारलाई शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, स्थानीय सडक, कृषि, सिञ्चाई, स्थानीय पुर्वाधार विकास, आर्थिक तथा पर्यटन विकास, साना जलविद्युत, वैकल्पिक उर्जा, जलाधार वन्यजन्तु खानी तथा खनिज पदार्थको संरक्षण, स्थानीय सञ्चार, व्यवस्थापन जस्ता विकास निर्माणसँग सम्बन्धित कार्यहरु र स्थानीय वजार व्यवस्थापन वेरोजगार तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन, सहकारी नियमन र स्थानीय क्षेत्रको कर संकलन तथा न्यायिक र विधायिकि अधिकार समेत स्थानीयतहलाई निक्षेपण गरी स्थानीय सरकारको कार्यक्षेत्रलाइृ निकै फराकिलो वनाएको छ ।
सिमित श्रोत साधन र समय सापेक्ष जनशक्तिको अभावका वावजुद पनि उपलव्ध श्रोत साधनलाई अधिकतम उपयोग गर्दै कानुनको शासन, पारदर्शिता, जवाफदेहिता, सुचनाको हकको प्रत्याभुती, सहित नागरिकको अपेक्षा अनुरुप छिटो छरितो र प्रभावकारी सेवाका माध्यमवाट नागरिकलाई असल शासनको सुखद अनुभुति दिलाउन सेवाप्रवाहलाई घर दैलोमा पु–याउने अभियानलाई प्राथमिकता दिईएको् छ ।
नगर विकासको अभियानमा अधिकाधिक जनसहभागिता गराई नगरको सन्तुलित विकासलाई उच्च प्राथमिकतामा राखी विकास निर्माणका कार्यलाई तिव्रतादिईएको छ । जनसहभागिता, उत्तरदायीत्व पारदर्शिता, समावेशिता, वित्तिय जवाफदेहिता, वहनगर्दे भ्रष्टाचार, दण्डहिनताको अन्त्य गरी जनमुखि शासन व्यवस्थाको अंिगकार गरिएको छ ।
कानून निर्माण गर्ने, न्यायिक कार्यसम्पादन गर्ने,नागरिक सेवाप्रवाहलाई घरदैलोसम्म पु–याउन घुम्ती शिविर सञ्चालनगर्ने, नागरिक सेवाप्रवाहलाई छिटो छरितो र प्रभावकारी तवरले सम्पादनगर्न नागरिक सेवाप्रवाहगर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।
वागलुङ नगरपालिकामा सञ्चालितएक वडा एक ठुला पुर्वाधार योजना, वडा केन्द्र सम्मका पक्की सडक विस्तार कार्यक्रम, एक घर एक धारा कार्यक्रम, एक वडा एक उत्पादन कार्यक्रम,वजारको ढल निकास कार्यक्रम, शहरी सौन्दर्यिकरण कार्यक्रम, सुरक्षित आप्रवाशन कार्यक्रम, गरिविनिवारणका लागि लघु उद्यमविकास कार्यक्रम र प्रधानमन्त्रि रोजगार कार्यक्रमको सार्थक परिणामले नगरलाई समृद्धिको वाटो तर्पm लैजाने कुरामा दुई मत देखिदैन ।
तर हाल सम्म पनि नगरपालिकाको लागि मापदण्ड अनुरुपको आप्mनो कार्यालय भवन नभएका कारण कार्यसम्पादनमा अत्यन्तै कठिन भएको व्यहोरा जगजाहेर छ । नगरपालिकाको कार्यालय भवन वा भवन निर्माणस्थलको व्यवस्था का लागि सवैको सहयोग र सदभावको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।
सार्वजनिक निकायले गरेका मुख्य मुख्य कृयाकलापहरुलाई आवधिक रुपमा आम सञ्चारका माध्यमहरु मार्पmत आप्mना नागरिकसम्म पु–याउनु पारदर्शिताको महत्वपुर्ण पक्षहो । सुशानलाई विकास निर्माण र सेवा प्रवाहको न्युनतम आधारको रुपमा लिंदै नगरपालिका अगाडी वढि रहेको छ ।
यद्यपि यो अभियानले लिएको लक्ष हाँसिल गर्न नगरपालिको एक्लो प्रयाशले मात्र सम्भवनहुने भएकोले आम नगरवासीहरु लगायत सवै पक्षहरुको उल्लेखनीय सहयोगको आवश्यकता पर्दछ । जनताका विकास प्रतिका आकांक्षा र र श्रोत साधनको न्यूनताको वावजुद पनि प्रचलित कानूनको पुर्ण पालना गर्दै नगरवासीहरुको समृद्धिको चाहना पुरा गर्न वागलुङ नगरपालिका प्रतिवद्ध छ ।
दोश्रो पटक स्थानीय सरकारको रुपमा निर्वाचित नगर प्रमुखज्यू नगर उपप्रमुखज्यू सवै वडाका वडा अध्यक्षज्यूहरु लगायत कार्यपालिकाका सदस्यज्यूहरु र सम्पुर्ण निर्वाचित पदाधिकारीहरुको नगरवासीहरुको प्रतिवद्धता पुरा गर्दै स्वच्छ सुन्दर दिगो र समृद्ध नगर निर्माण अभिलाषा पुरा होस भन्ने शुभकामना व्यक्त गर्दै निर्वाचित पदाधिकारीहरु वाट कानून सम्मत रुपमा लिईएका नीति कार्यान्वयनमा कर्मचारी तन्त्रको पुर्ण रुपमा सहयोग रहने प्रतिवद्धता सहित कार्यकालको पुर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।  धन्यवाद

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung