१६ बैशाख २०८१, आईतवार

 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बागलुङको संयोजकमा ललिता थापा

बागलुङ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बागलुङको जिल्ला भेलाले ललिता थापाको संयोजकत्वमा जिल्ला समिति गठन गरेको छ । शनिबार बागलुङ बजारमा भएको भेलाले थापाको नेतृत्वमा ४१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा धनमाया शर्मा र सचिवमा दिल कुमारी पुन चयन भएकी छिन् ।कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय सचिव तथा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय केन्द्रीय सदस्यहरु कल्पना पाण्डे, मनरुपा शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बलावती शर्मा, गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरे र नेकपा माओवादी केन्द्र बागलुङको जिल्ला संयोजक राजिव घिमिरेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बागलुङको अध्यक्ष तथा प्रदेश सांसद कुसुम बुढाको अध्यक्षता, जिल्ला सचिव दिल कुमारी पुनको स्वागत र सहसचिव फुलमाया पुन जलजलाको संचालनमा संम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्