बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाका जनप्रतिनिधीको १ वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् । स्थानीय तहको दोश्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधीले एक वर्षमा गरेका कामको आइतबार पत्रकार सम्मेलन मार्फत उपल्ब्धी सार्वजनिक गरेका हुन् ।
सो अवसरमा पालिकाले गरेका कार्यक्रम, योजना र भावि रणनीतिका बारेमा गाउँपालिका अध्यक्ष धन बहादुर विकले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।गाउँपालिकाले मुख्य रुपमा सडक स्तरउन्नति तथा कालोपत्रे , कृषि, पशुपालन, वन, पर्यटन, शिक्षा, पर्यटन, सहकारी, सिचाई, संचार,स्वास्थ्य र खेलकुदमा उल्लेखनिय प्रगति भएको विकले बताउनु भयो ।
औद्योगिक क्षेत्रको विकासका निम्ती जग्गा व्यवस्थापन, स्वास्थ्य क्षेत्रको स्तरउन्नती एवं विस्तार, खानेपानी, महिला सशक्तिकरण, कृषि , पशुपालन क्षेत्रलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष विकले बताउनु भयो । उहाले श्रम बैंक र सहकारी मार्फत कृर्षि उत्पादन, बजारीकरण तथा रोजगारीको व्यवस्थालाई अगाडी बढाइएको बताइएको जानकारी दिनु भयो ।
गाउँपालिकाको कार्यालय र वडा कार्यालयले दिने प्रशासनिक सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुलाई विषयगत तालिमहरु दिने कार्यक्रम रहेको छ ।
ताराखोला गाउँपालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि जनसभागितामा आधारित दिगो विकासको कार्यक्रम ल्याउन लागेको अध्यक्ष विकले बताउनु भयो । गाउँपालिकाको बारेमा कुनै जनगुनासो भएमा आफूलाई तत्काल सूचना दिनु भएका आफूले त्यसलाई सम्वोधन गरेर सच्याउने विकले प्रतिवद्धता जनाउनु भयो ।
गाँउपालिकाले नागरिकलाई सहज खानेपानीको व्यवस्थापन, ग्रामिण प्रर्यटन पूर्वाधार विकास, गाउँपालिकामा मितेरी स्तम्भ निर्माण लगाएतका क्षेत्रमा काग गरिरहेको सो अवसरमा जानकारी दिनु भयो । पालिकाले व्यवसायिक कृषि लघुउद्यम कार्यक्रम अन्तर्गत सिप विकास तालिमसँगै रोजगारीको व्यवस्था, पालिका स्तरको पाठ्यक्रम निर्माण लगाएतका बिषयमा जोड दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो अवसरमा अवसरमा गाउँपालिका अध्यक्ष धन बहादुर विक र वडा नंम्वर ३ का अध्यक्ष कर्ण बहादुर भण्डारीले आफूले विभिन्न शिर्षकमा पाउँदै आएको सेवा सार्वजनिक हितमा प्रयोग गर्नु भएको छ ।
गाउँपालिका अध्यक्ष विकले आफूले १ वर्षमा विभिन्न शिर्षकबाट प्राप्त गरेको सेवा सुविधा वापतको ४ लाख ४८ हजार ८० रुपैयाँ मध्ये जनयुद्धमा घाईते भएका द्धन्द पीडित बोम बहादुर रोकालाई ७० हजार, आफनो व्याक्तिगत सहयोगी धन बहादुर घर्तिलाई १ लाख १६ हजार, पार्टीलाई सहयोग ७३ हजार २ सय १२ रुपैयाँ जनमुखि न्युजका पत्रकार पूर्ण भद्र न्युरेलाई सम्मान स्वरुप ६ हजार, ताराखोला शैक्षिक कोषमा शैक्षिक क्षेत्रको विकासका निम्ति १ लाख २२ हजार ८ सय ६८ रुपैयाँ र पत्रकार सम्मेलन खर्च व्यवस्थापन ६० हजार गरि ६ शिर्षकमा चेक हस्तान्त्रण गर्नुभएको हो ।
त्यस्तै वडा नम्वर ३ का अध्यक्ष भण्डारीले वडा अध्यक्षको पारिश्रमिक नदिने बताउदै आफ्नो वडामा स्वास्थ्य, शिक्षा, सरसफाई लगाएतका शिर्षकमा आफूले पाउँदै आएको पारिश्रमीक खर्च गर्ने गरिएको बताउनुभयो । कार्यक्रमको अवसरमा गाउँपालिका उपाध्यक्ष भिम बहादुर रोका, निमित्त प्रमुख प्रशासकीय अधिृकत प्रकाश गैरे, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।



























































































































































































