२३ बैशाख २०८१, आईतवार

 

प्रेस चौतारी बागलुङको अध्यक्षमा सिर्जना पन्त, सचिवमा अर्जुन कार्की

बागलुङ । प्रेस चौतारी नेपाल बागलुङको अध्यक्षमा सिर्जना पन्त सर्वसम्मत चयन भएकी छिन् ।शनिबार प्रेस चौतारीको १९ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले पन्तको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।

समितिको उपाध्यक्षमा खेमराज गौतम ‘सुवास’, उपाध्यक्ष (महिला) अम्बिका आचार्य, सचिवमा अर्जुन कार्की, कोषाध्यक्षमा दिवाकर उपाध्याय, सहसचिवमा रोहन जिसी, सहसचिव (समावेशी) हेमप्रसाद विक चुनिएका छन् ।

सदस्यहरुमा मनकुमारी केसी, संगीता रेग्मी, लक्ष्मी परियार, प्रवेश पौडेल, सुजन रेग्मी र लक्ष्मी शर्मा चयन भएको प्रेस चौतारी नेपाल बागलुङका उपाध्यक्ष सुुवाश गौतमले नयाँ विश्वलाइ जानकारी दिनु भयो।

तस्वीर ईपरिन्युजबाट

प्रतिक्रिया दिनुहोस्