बागलुङ। सार्वजनिक सुनुवाई स्थानीय तहको सुसासन र सामाजिक उत्तरदायित्व पारदर्शिता एवं जवाफदेहिताको लागि एउटा महत्वपूर्ण औजार हो । स्थानीय तहका जनप्रतिनिधि कर्मचारी र आम नागरिकबिच हुने सार्वजनिक सुनुवाईले दुवै पक्षलाई लाभ पु¥याउँछ ।
कार्यालयले आफूले गरेका काम नागरिकमाझ पु¥याउने र नागरिकले त्यसमा प्रश्न गर्ने, सुझाव दिने, आगामी दिनका योजनामा सुझाव लिन सार्वजनिक सुनुवाईले एउटा पुलको काम गर्दछ ।जिल्लाको जैमिनी नगरपालिकाले विहिबार सार्वजनिक सुनुवाई मार्फत आफूले चालु वर्षमा गरेका कामको समग्र प्रतिवेदन सार्वजनिक गरेको छ भने आम नागरिकको गुनासो सुन्ने र यसको सवाल जवाफ समेत गरेको छ । नगरपालिकाले हालसम्म सम्पन्न भएका काम र सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाईमा अधिकांश नागरिकको गुनासो यसै वर्ष नगरपालिकाले किनेको नयाँ स्कार्पियो गाडीको र जिल्लामा लागु गरिएको पछिल्लो सवारी भाडा दर कार्यान्वयको विषेमा उठेको थियो । कार्यक्रममा सहभागी नागरिक अर्विन थापाले नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थामा सिटामोल र जिवनजल नहुँदा नगरपालिकालाई महंगो गाडी किन चाहियो भनेर प्रश्न गरे ।
नगरपालिकाले यसै आर्थिक वर्षमा ६३ लाख रुपैयाँमा नयाँ गाडी किनेको हुँदा यस प्रति नागरिकको धेरै गुनासो थियो । उनले जैमिनी नगरपालिकामा खेलकुद समिति नभएको, सामुदायिक विद्यालयका शिक्षकले आफ्ना बालबालिका बोडिङ स्कुल पढाएको र यस क्षेत्रका बढ्दो बसाईसराई रोक्न नगरपालिकाले के योजना ल्याएको त्यो विषयमा प्रश्न गरे ।
नयाँ जनप्रतिनिधि आइसकेपछि जनताको मर्म र भावनालाई बुझेर काम हुनुपर्ने आशा भएपनि हुँदै गरेका कामहरुको समेत गुणस्तरीयता नभएको तथा पुराना योजनाहरु पनि स्थानीय तह आएपछि ओझेलमा परेको सहभागिहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा नगरपालिकामा केही कर्मचारीको पहुँचका आधारमा सरुवा भए पनि सम्बन्धित ठाउँमा नपुगेको गुनासो जैमिनी नगरपालिका–१ का तिलक थापाले गरेका थिए । उनले नगरपालिकाले कर्मचारीलाई आफू खुसी बस्न दिएको र काज फिर्ता तत्काल गर्नुपर्ने माग राखेका थिए । त्यस्तै उनले बजार अनुगमन प्रभावकारी नभएको समेत गुनासो पोखेका थिए ।
बजार व्यवस्थापन समितिका अध्यक्ष क्या पदम बहादुर श्रीषले खानेपानी र सडकको गुणस्तरदेखि नगरपालिकाको सेवा प्रवाहको सन्दर्भमा प्रश्न उठेका थिए । स्थानीय शोभा प्रसाद शर्माले त नगरप्रमुख नरबहादुर पुन प्रति धेरै प्रश्न तेर्साए ।
उनले गाडी किन किनियोदेखि लिएर कृषि सेवा केन्द्रको सरकारी भवन हुँदा किन भाडामा लिईएको । राजनीतिक दलहरुसँग किन सुझाव नलिएको, कर्मचारी धेरै भए बस्ने ठाउँ छैन जस्ता विषय उठाएका थिए । शर्माले नगरप्रमुखलाई प्रतिप्रश्न समेत गरेका थिए ।
कार्यक्रममा जैमिनी –५ का जयराम आचार्यले बजार क्षेत्रको ढल खोलामा फाल्नुनहुने सुझाव दिएका थिए । उनले जैमिनी नगरपालिकाको अर्को चर्चाको विषय बाँदर पार्क निर्माण गर्न कसरी सम्भव छ जनप्रतिनिधिलाई प्रश्न गरेका थिए ।
नागरिकले कुश्मिसेरा राङखानी सडक खण्ड निर्माण अलपत्रको विषय, विद्यालयको शैक्षिण गुणस्तर सुधारको विषय मुस्लिम समुदाय र अन्य समुदाय प्रति नगरपालिको दृष्टीकोण, महिला संजाल गठन लगायतका विषयमा प्रश्न गर्नुका साथै जनप्रतिनिधिलाई सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागी अधिकाशंले जनप्रतिनिधि र कर्मचारीले जनताको आवश्यकता पुरा गरेर मात्र विलाशिताका सेवा सुविधा लिन आग्रह गरेका थिए ।नगर प्रमुख नरबहादुर पुनले उठेका प्रश्नहरुको जवाफ सहित नगरपालिका सुशासन र पारदर्शितामा संधै उदार रहेको बताए ।
उनले नगरपालिकामा आएका समस्याहरुलाई समाधान गर्ने सवै जनप्रतिनिधि तयार हरेको बताए । पुनले नगरपालिकाको आवश्यकतालाई मध्यनजर गरी नयाँ गाडी खरिद गरेको बताए । ‘हामीले कार्यपालिका बाटै निर्णय गरेर आवश्यकताका आधारमा नयाँ गाडी खरिद गरेको हो नगरप्रमुख पुनले भने,–‘नगरपालिकाको वेबसाईडमै सूचना राखेर सवैलाई जानकारी गरायौं ।
पुराना गाडीको मर्मत संभार पनि महंगो हुँदै गयो नयाँ आवश्यता प¥यो किनियो, यो पनि जनताको काम गर्न सहजहोला भनेर हो । उनले नगरपालिकामा भएका काम कारवाहीहरु जनमूखि हुने गरेको दावी गरे । उनले भाडा दर कार्यान्वयको निकाय नगरपालिका नभएको र यसको सहकजीकरणका लागि सहयोग गर्ने बताए ।
पुनले पालिकाले काम गर्दै गर्दा जनताको अपेक्षा अनुरुप काम कारवाही नभएको हुन सक्दछ यसको सुधार गर्न प्रयास गर्ने बताए । उनले जनअपेक्षा के छ भन्ने वुझ्नका लागी पनि यो नागरिक सुनुवाई कार्यक्रम महत्वपुर्ण भएको बताए । नगरपािलका जनताको आवश्यकता पुरा गर्न र विकास निर्माणमा सधै हातेमालो गरेर अगाडी वढ्न चाहेको नगरप्रमुख पुनको भनाई थियो ।
पुनले जैमिनी नगरपालिकामा बाँदरकै आतंका कारण बढ्दो बसाईसराई बढेका कारण यसको व्यवस्थापनका निम्ती नगरपालिकाले निति तथा कार्यक्रम मार्फत नै अगाडी बढेको बताए । उनले जनताको सुख दुखमा सधै साथसाथै हिड्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
सुशासन र जिम्मेवारीता वहन अन्तर्गत नगरपालिकाको कमी कमजोरीका वारेमा जानकारी लिनका लागी नागरिकसँग सुझाव र सल्लाह मागेको नगर उपप्रमुख हरिहर शर्माले बताए । ‘जनताको चाहना पुरा गर्नु नै हाम्रो कर्तव्य हो, कमीकमजोरी सच्चाएर पालिका संमृद्ध वनाउन हामी तत्पर छौ । हाम्रो कमी कमजोरीलाई औल्याई सुझाव दिनुहुन अनुरोध गर्दछौ, उपप्रमुख शर्माले भने, पालिकाले उत्पादन र श्रमलाई सँगै लैजान खोजेको हुदाँ राजनैतिक आग्रह पुर्वाग्रहमा हामीले काम गरेका छैनौं । ’
उनले समृद्ध जैमिनी निर्माणका निम्ती हरेक नागरिक सँग हातेमोलो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । नगरपालिकाले नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको प्रमुख प्रशाशकिय अधिकृत चेतनाथ गिरीले बताए ।
नगरपालिका आफै जनउत्तरदायी हुदाँहुदै पनि अझ परिस्कृत वनाउने प्रयास स्वरुप सार्वजकि सुनुवाई कार्यक्रम गरिएको उनले बताए । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायका विषयगत प्रमुखवाट दिईएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष ०७९।८० मा नगरपालिकाको प्रगतिको बारेमा योजना शाखा प्रमुख प्रेम सापकोटाले जानकारी गराएका थिए । कार्यक्रममा पत्रकार विजय रानाले नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने पत्रकार प्रकाश बरालले टिप्पणी गरेका थिए ।
नगरपालिकाका सुसासन समितिका संयोजक एवं वडा नं। २ का वडा अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा वडा नं। १ का वडा अध्यक्ष विष्णु आचार्यको स्वागत र पत्रकार तारानाथ आचार्यको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।























































































































































































