२४ बैशाख २०८१, सोमबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहद्वारा गुप्तेश्वर महादेव परिसरमा वृक्षारोपण

काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं, महिला समूहले वृक्षारोपन गरेको छ । टारकेस्वरस्थित गुप्तेश्वर महादेव परिसरमा वृक्षारोपण गर्दै बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष विजया राजभण्डारीले पर्यावरण संरक्षण र मन्दिरको परिसरलाई हराभरा बनाउनको लागि वृक्षारोपण महत्वपुर्ण हुने बताउनु भयो ।

 

कार्यंक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौं, महिला समूहकी उपाध्यक्ष सोनी श्रेष्ठ, सचिव मन्दिरा श्रेष्ठ, सल्लाहकार शोभा शाक्य, विश्व श्रेष्ठ  कार्यसमितिका सदस्यहरु र बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको कोषाध्यक्ष रामकुमार राजभण्डारीको उपस्थिति रहेको थियो ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले महिला शसक्तिकरण, शिक्षा, जनस्वास्थ्य, सामाजिक र धार्मिक क्षेत्रहरुमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

कार्यक्रम बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष विजया राजभण्डारीको अध्यक्षता, ताराकेश्वर झुलाफाँट टोल सुधार समितिका अध्यक्ष डिलाराम सापकोटाको स्वागत र गुप्तेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव इच्छाराम कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्