२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लब अफ मुक्तिनाथको चार्टर नाइट कार्यक्रममा सम्पन्न

बागलुङ । लायन्स क्लब अफ मुक्तिनाथको प्रथम चार्टर नाइट कार्यक्रममा सम्पन्न भएको छ ।

शुक्रबार प्रथम चार्टर नाइट कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठ, कलष्टर चिफ ताल बहादुर कुँवर, लायन्स क्लब अफ मुक्तिनाथकी संस्थापक अध्यक्ष जुनु श्रेष्ठ र लायन्स क्लब अफ मुक्तिनाथकी अध्यक्ष सुनीता श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ मुक्तिनाथकी अध्यक्ष सुनीता श्रेष्ठको अध्यक्ष,  प्रथम उपाध्यक्ष रंजिता श्रेष्ठको स्वागत र सचिव गिता राजभण्डारी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।लायन्स क्लब अफ मुक्तिनाथ महिलाहरुको सशक्तिकरण, नेतृत्व विकास र सामाजिक सेवामा समर्पित छ ।

प्रतिक्रिया दिनुहोस्