२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लब अफ बागलुङ प्रोफेसनलको अध्यक्षमा गोविन्द भण्डारी

बागलुङ । लायन्स क्लब अफ बागलुङ प्रोफेसनलको अध्यक्षमा गोविन्द भण्डारी सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको भेलाले गोविन्द भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा बालकृष्ण सापकोटा, द्धितीय उपाध्यक्षमा दिनेश अधिकारी, तृतीय उपाध्यक्षमा विक्रम शर्मा, सचिवमा चन्द्र बहादुर खड्का र कोषाध्यक्षमा भुमिराज गौतम चयन भएका छन् ।

कार्यक्रममा डिष्ट्रिक्ट एडमिष्टटेटर चिफ काजिमान गुरुङ, जिएमए चिफ दुर्गा कुँवर, कलष्टर चिफ ताल बहादुर कुँवर, एसिसिटेन्ट चिफ एडभाइजर पार्वती अधिकारी, रिजन चियर पर्सन केशव सापकोटा, लायन्स क्लब अफ बागलुङ अध्यक्ष इश्वर लाल राजभण्डारी र लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका अध्यक्ष गोविन्द भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङका अध्यक्ष इश्वर लाल राजभण्डारीको अध्यक्षता, प्रथम उपाध्यक्ष सूर्य चपाईंको स्वागत र सचिव भुपेन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो । लायन्स क्लब अफ बागलुङको नेतृत्वमा लायन्स क्लब अफ बागलुङ प्रोफेसनल खोलिएको हो ।

प्रतिक्रिया दिनुहोस्