२४ बैशाख २०८१, सोमबार

 

लायन्स क्लब अफ बाग्लुङ सिटीको डेङ्गी रोग संम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

बागलुङ । लायन्स क्लब अफ बाग्लुङ सिटीको आयोजनामा डेङ्गी रोग संम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा लामखुट्टेको बासस्थान खोजौ र नस्ट गरौ डेङ्गी रोग लाग्नबाट बचौं लेखेको व्यानरसहित सचेतना कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ बाग्लुङ सिटीकी अध्यक्षधना सुनारले नयाँ विश्वलाई बताइन् ।

 

सचेतना कार्यक्रममा बागलुङ नगरपालिकाको वडा नं १,२, ३ र ४ वडामा आयोजना गरिएको थियो ।कार्यक्रममा संस्थापक अध्यक्ष तथा असिष्टेट चिफ एडभाइजरपार्वती अधिकारी, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल र लायन्स क्लब अफ बाग्लुङ सिटीकी अध्यक्ष धना सुनारले मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रमको संचालन कार्यक्रम संयोजक शकुन्तला थापाले गरेकी थिइन् ।एडिस एजेप्टाइ र एई अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भई डेङ्गी रोग सर्ने गर्दछ ।

सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धिविकास हुन्छ र डेङ्गीको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ। यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ।

डेङ्गी रोगको लक्षणहरु

ज्वरो आउने
टाउको दुख्ने
आँखाका गेडा दुख्ने
मांसपेशी तथा जोर्नी दुख्ने
शरीरमा डाबर आउने
खानामा अरुचि हुने
पेट गडबडी हुने।

जोगिने उपाय

– पूरै शरीर ढाकिने कपडा लगाउने
– झुल लगाएर सुत्ने
– घर वरपर सफा राख्ने
– खाल्डाखुल्डी तथा फालिएका भाँडाकुँडामा पानी जम्न नदिने
– पानी ट्याङ्की, ड्रम, गाग्री, बाल्टिन आदि सधैं छोपेर राख्ने।

 

 

प्रतिक्रिया दिनुहोस्