२४ बैशाख २०८१, सोमबार

 

इनर हुइल क्लब अफ बालाजुको पदस्थापन सम्पन्न

काठमाडौं । इनर हुइल क्लब अफ बालाजुको पदस्थापन सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका थिए ।

केहि समय अगाडि क्लबको साधारण सभाले रन्जु चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको थियो । यसै गरी उपाध्यक्षमा अर्चना कर्ण, सचिवमा ज्योति झा, कोषाध्यक्षमा स्योक्षा श्रेष्ठ र आइएफोमा मन्दिरा श्रेष्ठ चयन भएकी थिइन् ।

यसै गरी सदस्यहरु कल्पना राजभण्डारी, संगम भारी, निर्मला बदगामी, बबिन जोशी र सोभिता ओझा चयन भएकी थिइन् ।

नवनिर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष कुमुदिनी शाक्य, पूर्वअध्यक्ष सोनी श्रेष्ठ र निर्वतमान अध्यक्ष विना झाले सफल कार्यकालको शुभकामना दिएका थिए ।इनर हुइल क्लब अफ बालाजु लामो समयदेखि महिलाको सशक्तिकरण, नेतृत्व विकास र सामाजिक सेवामा समर्पित छ ।

प्रतिक्रिया दिनुहोस्