६ जेष्ठ २०८१, आईतवार

 

नव गायिका सिम्रन परियारलाई युएस एकेडेमीद्वारा सम्मान

पछिल्लो समय गायन क्षेत्रमा चर्चा बटुल्न सफल भएकी नव गायिका सिम्रन परियारलाई युनिभर्सल सवलाइन एकेडेमीले सम्मान गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा उदयमान गायिका परियारलाई उनले कक्षा १० सम्म अध्ययन गरेको विद्यालयले सम्मान गरेको हो । विद्यालयमा आयोजित नेपाली भेषभुषा प्रदर्शन एवं सम्मान कार्यक्रममा गायिका परियारलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल अशोक केसीले बताउनुभयो।

सानैदेखि पढाईमा समेत अब्बल सिम्रनको स्वरमा मधुरता थियो, विद्यालयका आन्तरिक एवं बाह्य कार्यक्रमहरुमा सहभागी हुने र उत्कृष्ट पुरस्कार ल्याउने हाम्रै विद्यार्थीले नेपालीको सांगीतिक क्षेत्रमा चर्चा कमाउँदा निकै खुसी लागेको छ, प्रिन्सिपल केसीले भन्नुभयो ”। गायिका परियारले सम्मान कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति समेत दिएकी थिइन ।

विद्यालयले शुक्रबारिय अतिरिक्त क्रियाकलाप समेत सम्पन्न गरेको छ । पछिल्लो समय पश्चिमी भेषभुषाले नेपाली मौलिक भेषभुषा संकटमा पर्दै गरेकोले विद्यार्थीमा आफ्नो देशका मौलिक भेषभुषामा रुचि बढाउन र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका निर्देशक दल थापाले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्