४ जेष्ठ २०८१, शुक्रबार

 

नेकपा माओवादी केन्द्र फलेवास नगर समितिको पूर्ण बैठक सम्पन्न

‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान लिएर वडा तहमा पुग्न थालेको माओवादीले गाँउ तथा नगर समितिको पूर्ण बैठक संचालन गरिरहेको छ । केन्द्रीय समिति बैठकले तीन महिने अभियानका लागि पार्टीका पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यहरूलाई ७५३ पालिकामध्ये कम्तीमा एउटा वडा हेर्ने र बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूलाई खटाउने गरी जिम्मेवारी तोकिएको थियो।

पार्टीले संचालन गर्ने विशेष रूपान्तरण अभियान सफल बनाउन नेताहरु गाँउ तथा नगर समिति पूर्ण बैठक संचालन गरेका हुन् । सोही बमोजिम पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएर वडा वडामा खटाइएको छ । यसै सन्दर्भमा नेकपा माओवादी केन्द्र फलेवास नगर समितिको पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठकलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज बलावती शर्माले नेताहरु आफैँबाट रूपान्तरण सुरुआत गर्न जनतासँग माओवादी स् विशेष अभियान थालिएको बताउनु भयो । बैठकलाई सम्बोधन गर्दै उहाले जनताबाट गुमेको विश्वास पुनः कायम गराउनका लागि पनि विशेष रुपान्तरण अभियान सञ्चालन गरिएको बताउदै अब पार्टीको कार्यशैली सुधार गर्दै जान पाटी अग्रसर भएको नेत्री शर्माले बताउनु भयो ।

शर्माले अहिले सञ्चालन गरिएको अभियानबाट आगामी निर्वाचन जित्ने गरी सङ्गठन निर्माण र जनआधार तयार गर्दै अगाडि बढ्ने बताउनु भयो । बैठकमा अभियान बारे नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले जानकारी दिनुभयो। गैरेले अभियानका क्रममा जनताका बीच जाने र निष्क्रिय रहेका नेता, कार्यकर्ता र सङ्गठनलाई सक्रिय बनाएर सुदृढीकरणको अभियान थाल्ने बताउनु भयो ।

अभियानका क्रममा पार्टी सङ्गठन सुधारका साथै विकास निर्माणको कामको समीक्षा गर्ने र आगामी दिनमा गर्नुपर्ने योजनाका बारेमा समेत छलफल हुने नेता गैरेले बताउनु भयो। कार्यक्रममा प्रदेश समिति सदस्य गंगा तिमिलसिना,तारा रिजाल पराजुलीले बोल्नु भएको थियो ।

त्यस्तै वडा समितिका अध्यक्षहरुले वडाको अवस्थाको वारेमा जानकारी गराएका थिए । नेकपा माओवादी केन्द्र फलेवास नगर समिति अध्यक्षता शोभा कुमारी क्षेत्रीको अध्यक्षता र सचिब ढाकाराम सुबेदीको संचालनमा बैठक सम्पन्न भएको थियो । पार्टीले अभियान सञ्चालन गर्ने भएपछि नेता कार्यकर्तामा उत्साह पनि थपिएको छ । माओवादी केन्द्रले आउँदो १६ गते देशव्यापीरुपमा एकसाथ राष्ट्रिय अभियान गर्ने भएको भएको छ ।

May be an image of 6 people and text

 

May be an image of 14 people, flute, lighting and text

प्रतिक्रिया दिनुहोस्