२४ बैशाख २०८१, सोमबार

 

महिला जागरण केन्द्र मल्मले मनायो तीज

गलकोट । गण्डकी प्रदेशका सांसद तथा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशका सांसद तथा प्रमुख सचेतक कुसुम बुढाले तीज पर्वको मौलिक संस्कृति र परम्परा जोगाउन सम्पुर्ण दिदीबहिनीहरु एकजुट हुनुपर्ने बताउनु भएको छ ।

महिला जागरण केन्द्र मल्मले आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बुढाले यस्तो बताउनु भएको हो । उहाँले आजकल तीज खर्चिलो र भडकिलो हुँदै गएकोले महिला दिदीबहिनीहरु त्यसप्रति सचेत रहन आग्रह समेत गर्नुभयो । पहिले पहिले घरको काम धन्दामा मात्र सिमित महिला दिदीबहिनीहरुको पछिल्लो समय सामाजिक र राजनीति क्षेत्रमा सहभागिता बढदै गईरहेको भन्दै सांसद बुढाले खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य यसुदा थापा र नेकपा माओवादी केन्द्र मल्मका अध्यक्ष ललित मरासिनीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा ज्येष्ठ महिला, एकल महिला, असाह्य महिलाहरु क्रमश मन कुमारी थापा, पार्वती दमाई, जुना दमाई, सरस्वती गुरुङ र मन कुमारी चोखाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।तीज कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का महिला जनप्रतिनिधीहरु, समाजसेवी, महिला समुहमा आवद्व महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई घुम्टे युवा परिवार जापान शाखाका निवर्तमान अध्यक्ष दिल बहादुर थापा रामुले सहयोग गर्नुभएको थियो ।कार्यक्रम महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाको अध्यक्षता, कोषाध्यक्ष मिरा थापा खड्काको स्वागत र सचिव सरस्वती थापा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्