१७ बैशाख २०८१, सोमबार

 

बागलुङ दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा गौतम

बागलुङ दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा दिपक गौतम चयन हुनु भएको छ । संघको २२ औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा राम बहादुर हमाल, सचिव गोविन्द सापकोटा, सह–सचिव कमल प्रसाद शर्मा सापकोटा र कोषाध्यक्षमा केशव प्रसाद कँडेल चयन हुनु भएको छ । सञ्चालक समितिका सदस्यहरुमा बालानन्द कँडेल, नारायण प्रसाद गैरे, गीता सुवेदी र गुणाखर कँडेल रहनु भएको छ ।

यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा मणीभद्र कँडेल तथा सदस्यहरुमा गोविन्द बहादुर खड्का र रामप्रसाद कँडेल चयन हुनु भएको निर्वाचन उप–समितिका सदस्यतथा संघका संस्थापक अध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिनुभयो ।

संघको २२ औं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन उपसमितिका संयोजक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सपथ ग्रहण गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्