१५ बैशाख २०८१, शनिबार

 

बिहादी सेरोफेरो डुल्दा

आर के अदिप्त गिरी

पहिले विकट लाग्ने पर्वत, बिहादी अहिले सुगमतातिर उन्मुख छ । धेरै कुरा सकारात्मक लयमा अघि बढिरहे पनि यस गाउँपालिका जति समृद्ध हुनुपर्ने हो त्यो बन्न सकिरहेको छैन ।

टाढाबाट हेर्दा सुन्दर, हरियाली र आकर्षक लाग्ने जंगलसहितका पहाडहरू, उपत्यकासरी थपक्क मिलेको बिहादी गाउँ अनेक कथा, गाथा, इतिहास, संस्कृति र मिथकमा उभिएको छ । अहिले गाउँलाई कालिगण्डकी लोकमार्गले जोडेको छ । उच्च मावि, स्वास्थ्य चौकी, विजुली बत्ति, सिचाइ कुलो, शाखा बाटोहरू, पानी धारा आदिआदी सुविधाहरु घर नजिकनजिक पुगेका छन् ।

डोजर, एक्साभेटर कहाँ प्रयोग गर्ने रु कस्तो भूसंरचनामा प्रयोग गर्ने रु कति तौलको, कुन मौसममा, कुन भूबनोट र अवस्थामा प्रयोग गर्ने भन्ने निश्चित प्राविधिक मापदण्ड पनि ख्याल गरेको देखिंदैन । कालीगण्डकी लोकमार्गको अँधलो रेखाङ्कन र विकास, खानीजन्य उद्योगहरू जथाभावी निर्माण गर्दा गाउँमा हिउँदमा पनि पहिरो खस्ने समस्या बढेकोमा गाउँलेहरू गुनासो गर्छ्न ।

गाउँलेका थुप्रै प्रश्नहरू छ्न । जीविकोपार्जन गर्न नसकेर मानिसहरू बसाइँसराइ र पढाइका शिलशीलामा अन्य सहरतर्फ विस्थापित हुनु परिरहेको छ । सामान्य पढालेखा गरेकादेखि धेरै पढेका र दक्ष जनशक्ति समेत विदेश जाने र उतै घरजम गरेर बस्नेहरू बढिरहेका छन् । उनीहरुसँग पुरना स्मृतिदेखि गाउँका आदर्श, प्रेरणा र रैथाने ज्ञानका कुराहरु सुन्दा साह्रै रोचक लाग्छ ।

आखिर, आफ्नो गाउँ कसलाई पो मन पदैन र  रुराष्ट्रिय गौरवको आयोजना छिमेकी मुलुक भारत र चीन जोड्ने ९४ सय ३० किमी० राष्ट्रिय समृध्दिका रूपमा रहेको कालीगण्डकी लोकमार्ग र कालीगण्डकी ९२ सय वीस केभी० प्रशारण लाइनले सिङ्गो पर्वत जिल्लालाई उत्तर(दक्षिण जोडेको छ ।

धेरै सडकखण्ड यस पालिकाको बिचोबीच अगाडि बढ्नुले पनि गाउँपालिका शौभाग्यशाली छ । यस आयोजना जिल्लाको मात्र नभएर देशकै लाइफलाइन कनेक्टीभिटीका रूपमा रहेकाले यसको उपयोगमा गाउँपालिकाले भने भिन्न दीर्घकालीन र रणनीतिक योजना बनाउनु आवश्यक छ ।

यथास् अचम्मलाग्दो कुरा के भने विकासका नाममा हदैसम्मको लापरवाही देखियो । भूगोलको हेक्कै नराखी सामान्य प्राविधिक नाँपजाँच नगरी स्थानीय प्रतिनिधि र ठालुहरूले ९आफ्नो स्वार्थपूर्तिको खातिर० जताजता औँला देखायो, उतैउतै डोजर र एक्साभेटरले उधिनेको देखियो । निर्वाहमुखी खेतीपातीलाई स्थानीयहरूले जीविकोपार्जनको माध्यमर व्यवसायीक बनाउन सकिरहेका छैनन । थुप्रै गुनासा र प्रश्नहरू गाउँ डुल्दा सुनियोर देखियो ।

बिहादी सेरोफेरो साहसिक, मनोरञ्जनात्मक, धार्मिक, साँस्कृतिक पर्यटनको प्रचुर सम्भावना भएका थुप्रै स्थानर परिचय र भूगोलहरू छन् । कालीगण्डकी नदी र शालिग्राम शीला, शीतल गुफा, पूर्णगाउँ, नौनादी, ऐतिहासिक इनीचौर, गोल्र्याङ्धाम, रानीपानी, वाहाकी, बाच्छा, कर्नास तथा बराचैरका सुन्दर र समथर फाँट, आकासे पुल यहाँका प्रमुख आकर्षण र गन्तव्य हुन ।

देशभरमै सबैभन्दा धेरै पर्यटक आउने शहर पोखरा, कुश्मा, वलिङ, बागलुङ आदिबाट हामीले केही घण्टाको दूरीमा यहाँ थुप्रै पर्यटक भित्र्याउन सक्छौँ । छिमेकी जिल्लाका आकर्षक पर्यटकीय गन्तव्यहरू जोडेर यहाँ बाह्रै महिना आवतजावत गर्न सकिने पदमार्ग र सडक सञ्जाल निर्माण गर्न सक्छौँ । संयोग यो हिजोको प्राचिन साल्ट रुट, स्लीक रोड पनि हो ।

भोट, मधेशका लागि यस रुट निकै प्रख्यात थियो । यसको फाइदा लिनबाट भने स्थानीय वन्चित छन् ।यसतर्फ स्थानीय राजनीतिक दल र सरोकारवाला पक्षको ध्यान ९बेलैमा० जाओस् । विकास निर्माणका कार्य, अध्ययनमा रहेका योजना र ओझेलमा परेका उल्लेखित पक्षहरूमा स्थानीयहरूको पनि खबरदारी र असल अनुगमन रहोस् ।
सबैको भलो होस् ।

प्रतिक्रिया दिनुहोस्