५ जेष्ठ २०८१, शनिबार

 

नेपाल औषधी व्यवसायी संघ बागलुङको अध्यक्ष खगेश्वर पौडेल

बागलुङ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बागलुङको अध्यक्षमा खगेश्वर पौडेल सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार भएको दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा हरि सापकोटा, उपाध्यक्षमा शिशिर पन्त, चन्द्र रेग्मी, महासचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नारायण गौतम् सचिवमा दिनेश जिसी, उप-कोषाध्यक्षमा निर्मला देवी शर्मा चयन भएका छन् ।

समितिको सदस्यहरुमा बाबुराम केसी, इश्वरी गौतम र दिपेन्द्र पुन रहेका छन् ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका अध्यक्ष प्रकाश कुमार खनडेलवाल, संघका उपाध्यक्षहरु टंक प्रसाद अधिकारी, यमनाथ पौडेल, जिल्ला प्रशासन कार्यालय बागलुङ सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, प्रदेशका वरिष्ठ उपाध्यक्ष शिव बहादुर केसी, प्रदेशका उपाध्यक्ष दयानिधि पौडेल, राष्ट्रिय उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए

। कार्यक्रममा महासचिव खगेश्वर पौडलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष चन्द्र राज रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बागलुङका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद सापकोटाको स्वागत र महासचिव खगेश्वर पौडलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्