२२ बैशाख २०८१, शनिबार

 

बागलुङ जेसीजको अध्यक्षमा गणेश महतो

बागलुङ । बागलुङ जेसीजको अध्यक्षमा गणेश महतो सर्वसम्मत चयन भएका छन् ।

बुधबार बागलुङ बजारमा सम्पन्न बागलुङ जेसीजको ४६ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले महतोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

साथै बागलुङ जेसीजको कार्यकारिणी उपाध्यक्षमा बलराम कँडेल, विन्दा कार्की सोनी, उपाध्यक्षहरुमा विकास पौडेल, प्रतिभा केसी, रोहन केसी र सन्दिप तिमिल्सिना रहेका छन् ।

समितिको निर्देशकमा निशा कार्की र स्वीकृति भारी, महासचिवमा तारा प्रसाद शर्मा र कोषाध्यक्षमा प्रेम प्रसाद ढकाल रहेका छन् ।

कार्यक्रममा बागलुङ जेसीजका पूर्वअध्यक्ष सुरेश प्रसाद श्रेष्ठ, निर्वाचन आयुक्त दिवाकर शाक्य, र अध्यक्ष सौरभ श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता र अधिवेशन निर्देशन आनन्द प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो । बागलुङ जेसीज २०३५ साल भदौ २९ गते श्याम श्रेष्ठको नेतृत्वमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्