३ कार्तिक २०८३, सोमबार

 

गलकोट नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गलकोट । गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८० र ८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गलकोट एफएमको सहजिकरणमा गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८० र ८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले किसानले तरकारीको मूल्य नपाएको, वित्तीय संस्थाको ज्यादतीलाई गलकोट नगरपालिले कस्तो कदम चालेको छ, गलकोट नगरपालिका वडा नम्वर १ दुदिलाभाटी बजार, कटौजे, झाक्रिस्थान लगायतका ठाउँमा नगरपालिकाले फोहोर उठाउनुपर्ने, गलकोट नगरपालिकाभित्र अझैपनि खरले छाएको घरहरु भएको र सुुरक्षित आवास कार्यक्रम सञ्चालन गर्नुपर्ने, ईसाई धर्मालम्बीहरुको अन्तिम दाँह संस्कार गर्ने स्थान नभएको,

मजुवाफाँटदेखी राजाको पुलसम्म घर तहरा भत्काइयो तर अन्त कहि कतै नभत्काईएको, योजनाको काम सम्पन्न भएपनि भुक्तानीमा ढिलाई भएको, तरकारी संकलन केन्द्र नभएको, गलकोट नगरपालिकामा विद्यमान रहेको जातिय भेदभाव अन्त्यको लागि नगरपालिकाले कदम नचालेको, व्यवसाय सुचिकरण नगरी करको दायरा ल्याईएको, फोहोरको पैसा उठाईयो तर लागत नदेखिएको, कर्मचारी नियुक्ति गर्दा नातावाद, कृपावाद लागु भएको, एक घर एक धारा ट्याङ्कि भत्किए

पनि पानी नआएको, न्यायिक समितिमा छलफल हुन नसकेको, योजना बनाउँदा पारदर्शि नभएको, वैदेशिक रोजगारलाई रोक्नको लागि नगरपालिकाले रोजगारको कार्यक्रम नल्याएको बनाएको छ लगायतका प्रश्न तथा जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रशासकिय अधिकृत तुल बहादुर विक, शिक्षा शाखा अधिकृत शिव खड्का, लेखा अधिकृत कृष्ण प्रसाद खराल, कृषि शाखा प्रमुख महेशचन्द्र बुमि, गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख थम्मन सिंह रानाले सहजिकरण गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष तथा नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले टिप्पणि गर्नुभएको थियो । उक्त कार्यक्रमको सवाल जवाफ खण्ड सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख जिवनकला खत्री ९सरिता० ले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम सामुदायिक रेडियो गलकोटका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता, गलकोट नगरपालिकाका प्रशासकिय तुल बहादुर विकको स्वागत र सामुदायिक रेडियो गलकोटका प्राविधिक तथा प्रस्तोता थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung