२० बैशाख २०८१, बिहीबार

 

नेपाल जेसीजको उपाध्यक्षमा सौरभ श्रेष्ठ निर्वाचित

बागलुङ । नेपाल जेसीजको उपाध्यक्षमा सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२४ को लागि श्रेष्ठ अत्यधिक मतले विजयी भएका हुन् ।

बाह्र जनाको व्यवस्था भएको उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दिएका थिए । श्रेष्ठले ९२४ मत ल्याएर दोस्रो स्थान हासिल गर्न सफल भएको बागलुङ जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिनु भयो ।

सौरभ श्रेष्ठ बागलुङ जेसीजका अध्यक्ष समेत हुन् । सौरभ श्रेष्ठ बाह्र वर्षपछि बागलुङ जेसीजको तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि २०११ मा दमकमा सम्पन्न नेपाल जेसीजको महाधिवेशनबाट सुदिप राजभण्डारी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्