२० बैशाख २०८१, बिहीबार

 

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित

बुटवल । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । आइतबार बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

पोखरेलले ८४ मतको अन्तरमा निकटतम प्रतिस्पर्धी रजनी थापालाई पराजित गरेकोे हो । पोखरेलको ५१० मत प्राप्त गरेको थियो भने उनको निकटतम प्रतिस्पर्धी थापाले ४२६ मत पाइन । ८४ मतान्तरले विजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे ।

उनी नुवाकोट जेसीजका पूर्वअध्यक्ष समेत हुन् । उनी अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

त्यसै गरी कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर (राजु), सिनेटर सन्दिप अग्रहरी विजयी भएका छन् ।

उपाध्यक्षमा अमर घिमीरे, सौरव श्रेष्ठ, राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ,स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय,गणेश सापकोटा,अचुत उप्रेती आयुष निर्वाचित भएका छन् ।

महासचिवमा सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनोनित भएका छन् । निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएको निर्वाचन अधिकृत नरेशचन्द्र ओझाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्