२० बैशाख २०८१, बिहीबार

 

विवाईसि बागलुङको अध्यक्षमा तोयानाथ गौतम

बागलुङ । विवाईसि बागलुङको अध्यक्षमा तोयानाथ गौतम सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न विवाईसि बागलुङको ३२ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट गौतमको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा गंगा शर्मा, सचिवमा विक्रम शर्मा, सहसचिवमा चुडामणि उपाध्याय, कोषाध्यक्षमा राजु निउरे रहेका छन् ।

सदयहरुमा विष्णु गौतम, सुरेश थापा, नारायण दत्त रेग्मी, शान्ति ज्ञवाली, प्रेम केसी र टिकाराम शर्मा रहेका छन् । विवाईसि बागलुङ २०४२ सालमा टिकाराम सापकोटाको नेतृत्वमा सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्